Gurung Vision

ग्लोबल मिडिया सम्मेलनको तयारी पूरा, ४६ जना पत्रकार टोकियो आइपुगेटोकियो, जापान। नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनाम...
24/07/2026

ग्लोबल मिडिया सम्मेलनको तयारी पूरा, ४६ जना पत्रकार टोकियो आइपुगे

टोकियो, जापान। नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुने एफएनजे ग्लोबल मिडिया सम्मेलन जापान २०२६ को सम्पूर्ण तयारी पूरा भएको छ। सम्मेलनमा सहभागी हुन नेपालबाट ४१ जना, अमेरिकाबाट १ जना, युरोपबाट १ जना तथा नेपाल पत्रकार महासंघ यूके शाखाबाट ३ जना गरी कुल ४६ जना पत्रकार जापानको राजधानी टोकियो आइपुगेका छन्।

विश्वभर छरिएर रहेका नेपाली पत्रकारहरूलाई एउटै मञ्चमा जोड्ने उद्देश्यका साथ आयोजना गरिएको यस सम्मेलनले नेपाली पत्रकारिताको अन्तर्राष्ट्रिय सञ्जाल विस्तार, अनुभव आदान–प्रदान, व्यावसायिक क्षमता अभिवृद्धि तथा प्रवास र मातृभूमिबीच सञ्चार सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रवीन्द्र श्रेष्ठका अनुसार सम्मेलनका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न भइसकेको छ। सहभागी पत्रकारहरूको स्वागत, आवास, यातायात, दर्ता तथा कार्यक्रम सञ्चालनका सबै तयारी पूरा भइसकेको उहाँले जानकारी दिनुभयो।

यस सम्मेलनको विशेष आकर्षणका रूपमा नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षको अवसरमा जापानको परराष्ट्र मन्त्रालयबाट उपलब्ध गराइएको ७०औँ वर्षको आधिकारिक लोगो सम्मेलनमा प्रयोग गरिने भएको छ। यसले सम्मेलनलाई थप ऐतिहासिक र औपचारिक महत्व प्रदान गरेको आयोजकको विश्वास छ।

जुलाई २५ मा टोकियोमा आयोजना हुने सम्मेलनमा नेपाल तथा विश्वका विभिन्न मुलुकबाट आएका पत्रकारहरूबीच समसामयिक सञ्चार चुनौती, डिजिटल पत्रकारिता, प्रेस स्वतन्त्रता र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल हुने कार्यक्रम रहेको छ।copy paste

15/07/2026
31/05/2026

हार्दिक निमन्त्रणाNepalJapan.Com@harka gurungIsha Maya GurungChitra GurungOnlineKhabarKabita NepaliHimalaya TVKumar Gurung

“प्रथम जापान लोक तारा २०२६” तथा अमर बिरही गुरुङको विशेष सांगीतिक साँझको तयारी तीव्र, निर्णायक मण्डल सार्वजनिक”टोकियो । र...
21/05/2026

“प्रथम जापान लोक तारा २०२६” तथा अमर बिरही गुरुङको विशेष सांगीतिक साँझको तयारी तीव्र, निर्णायक मण्डल सार्वजनिक”

टोकियो । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जापान शाखाले आयोजना गर्न लागेको “प्रथम जापान लोक तारा २०२६” तथा वरिष्ठ लोक तथा दोहोरी गायक अमर बिरही गुरुङको विशेष सांगीतिक साँझको तयारी तीव्र पारिएको छ। संस्थाले आवेदन प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको घोषणा गर्दै प्रतियोगिताका लागि निर्णायक मण्डल समेत सार्वजनिक गरेको हो।
प्रतिष्ठानका अनुसार प्रतियोगितामा उल्लेख्य सहभागिता जनाउँदै आवेदन दिने सम्पूर्ण प्रतिभावान कलाकारहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ। साथै आगामी चरणहरू सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना पनि आयोजकले व्यक्त गरेको छ।
सार्वजनिक गरिएको निर्णायक मण्डलमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सचिव, गायक तथा सर्जक रामकृष्ण बम मल्ल निर्णायक संयोजकका रूपमा रहेका छन् भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य तथा चर्चित लोकदोहोरी गायक सूर्य खड्का र लोकगायिका ज्योति लोहोनी निर्णायकको भूमिकामा रहनेछन्। आयोजकका अनुसार प्रतियोगितालाई निष्पक्ष, मर्यादित र गुणस्तरीय बनाउन अनुभवी तथा स्थापित व्यक्तित्वहरूलाई जिम्मेवारी दिइएको हो।
त्यसैगरी कार्यक्रमकै विशेष आकर्षणका रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष, वरिष्ठ लोक तथा दोहोरी गायक तथा सर्जक अमर बिरही गुरुङको विशेष सांगीतिक साँझ समेत आयोजना हुने भएको छ। गुरुङको प्रस्तुतीले कार्यक्रमलाई अझ भव्य, आकर्षक र सांगीतिक रूपमा विशेष बनाउने अपेक्षा गरिएको सचिव दिपक कंडेल ‘सफल’ले बताए।
आगामी जुन १४ तारिख आइतबार टोकियोको मेगुरो कुमिन सेन्टरमा आयोजना हुने कार्यक्रम दिउँसो १२ बजेदेखि सुरु हुनेछ। “हाम्रो अभियान, लोकसंस्कृतिको संरक्षण, श्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन” भन्ने मूल नारासहित आयोजना हुन लागेको यस प्रतियोगिताले जापानमा रहेका नेपाली समुदायबीच नेपाली लोकसंस्कृति, कला र संगीतको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।
आयोजकले सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिताको टप १० नतिजा मे २४ तारिख आइतबार सार्वजनिक गरिनेछ भने सेमिफाइनल चरणमा प्रवेश गर्नेहरूको नामावली मे ३१ तारिख आइतबार सार्वजनिक गरिनेछ। सेमिफाइनलमा फिजिकल अडिसन तथा लाइभ बाजासहितको प्रस्तुति रहने जनाइएको छ।
प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १ हजार येन, द्वितीयलाई ५१ हजार येन, तृतीयलाई ३१ हजार येन तथा सान्त्वना पुरस्कारस्वरूप ११ हजार येन प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतिष्ठान जापान शाखाका अध्यक्ष समुन्द्र राज पौडेलले जापानमा रहेका नेपाली प्रतिभाहरूलाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउँदै सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रम सफल बनाउन सहयोग र सहभागिताका लागि आग्रह गरेका छन्।

दोस्रो मोना इताबाशी नेपाल फेस्टिवल 2026नेपाली कला, संस्कृति, संगीत, नृत्य तथा परम्परागत नेपाली खानाका परिकारहरू प्रस्तुत...
03/04/2026

दोस्रो मोना इताबाशी नेपाल फेस्टिवल 2026
नेपाली कला, संस्कृति, संगीत, नृत्य तथा परम्परागत नेपाली खानाका परिकारहरू प्रस्तुत गरिने “दोस्रो मोना इताबाशी नेपाल महोत्सव २०२६” आयोजना हुन गइरहेको सम्बन्धित सबैमा जानकारी गराउदछौ।

नेपाल र जापानबीचको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा नेपाली कला–संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको यस महोत्सवमा सबैलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछौ ॥

◾️मिति: अप्रिल 11 र 12 तारिक
◾️स्थान: Takashimadaira Park
◾️आयोजक: MONA JAPAN

सम्पूर्ण जापानबासी हरुलाई हार्दिक निमन्त्रना
Kumar GurungGurung VisionMani Tamu GurungShambhu GurungIsha Maya GurungKabita NepaliOnlineKhabarNepalJapan.ComHimalaya TVGurung KhadgaShrestha BikashNgor Gurung YubarazNapalJapan Online shopYukuya Datz

जापानमा २०२६ अप्रिल १ देखि साइकलमा पनि “आओ किप्पु (Blue Ticket)” प्रणाली लागू भएको छ।  यो नियम अनुसार, १६ वर्षभन्दा माथ...
01/04/2026

जापानमा
२०२६ अप्रिल १ देखि साइकलमा पनि “आओ किप्पु (Blue Ticket)” प्रणाली लागू भएको छ। 

यो नियम अनुसार, १६ वर्षभन्दा माथि र ७० वर्ष मुनिका व्यक्तिले साइकल चलाउँदा ट्राफिक नियम उल्लङ्घन गरेमा जरिवाना तिर्नुपर्छ। 
विशेष गरी:
✅ मोबाइल चलाउँदै साइकल चलाउने (ながらスマホ) → करिब १२,००० येन
✅ सिग्नल तोड्ने, उल्टो दिशा वा फुटपाथमा गलत तरिकाले चलाउने → ६,००० येन
✅ रोक्नु पर्ने ठाउँमा नरोक्ने → ५,००० येन 

साइकल सामान्य सवारीजस्तै मानिने भएकाले अब कडाइका साथ निगरानी गरिनेछ। जसका लागि करिब ११३ प्रकारका नियमहरु मार्फत उल्लङ्घनमा कारबाही हुने बताइएको छ। 

👉 त्यसैले साइकल चलाउँदा मोबाइल प्रयोग नगर्ने, ट्राफिक नियम पालना गर्ने र सुरक्षित रूपमा चलाउने गर्नु अत्यन्त आवश्यक छ।copy paste

07/03/2026

कास्की १ अन्तिम नतिजा
जम्मा :७०२३६
कुल सदर मत:६७७५७
रास्वपा : ३९८६४ {५८.८८%}
नेकपा एमाले : १०४३७
नेपाली कांग्रेस: ११२१५
नेकपा। : २४७९
कास्की क्षेत्र नं. १ का रास्वपा उमेदवार खडक राज पौडेल(गनेश ) विजयी
हार्दिक बधाई तथा शुभकामना!

कास्की पोखरा समाज जापान र कोमागाने सहर मेयरबीच आपसी सहकार्यबारे छलफलजापान — कास्की पोखरा समाज जापान र जापानको कोमागाने स...
14/12/2025

कास्की पोखरा समाज जापान र कोमागाने सहर मेयरबीच आपसी सहकार्यबारे छलफल

जापान — कास्की पोखरा समाज जापान र जापानको कोमागाने सहरका मेयरबीच आपसी सहकार्य विस्तार गर्ने विषयमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ। छलफलमा नेपाल–जापानबीच सामाजिक, स्वास्थ्य तथा मानव संसाधन विकाससम्बन्धी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रहे।

छलफलका प्रमुख एजेन्डाहरूमा पोखरास्थित मितेरी अस्पताललाई सहयोग पुर्‍याउने उद्देश्यले ‘फुरुसातो नोजेई’ प्रणालीमार्फत क्लाउड फन्डिङ सञ्चालन गर्ने, कोमागाने सहरमा नेपाली समुदायको पहिचान झल्किने ‘नेपाली चौतारी’ निर्माण गर्ने, तथा केयरगिभर (Caregiver) एक्सचेन्ज कार्यक्रम सञ्चालन गर्ने विषयहरू रहेका थिए।

उक्त कार्यक्रममा कोमागाने सहरका मेयर इतो युजो, एनआरएनए आईसीसी उपाध्यक्ष तथा कास्की पोखरा समाज जापानका संरक्षक रोबिन शेरचन, कास्की पोखरा समाज जापानका अध्यक्ष कमल बाँस्तोला, उपाध्यक्ष बिस्सु भण्डारी, निवर्तमान अध्यक्ष सन्देश अधिकारी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले यस्ता सहकार्यले नेपाल–जापानबीचको मित्रता अझ मजबुत बनाउने र दुवै पक्षलाई दीर्घकालीन रूपमा लाभ पुग्ने विश्वास व्यक्त गरेका छन्। आगामी दिनमा छलफललाई ठोस कार्ययोजनामा रूपान्तरण गर्दै अघि बढाइने जनाइएको छ।

住所

Kawasaki
Kawasaki, Tokyo
230-0001

電話番号

+818032757076

アラート

Gurung Visionがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Gurung Visionにメッセージを送信:

ショートカット

共有する