24/07/2023
प्रतियोगी नं. 42 Ruwin Shrestha
भकिम्ली, डोले गॅाउबाट देखीने मनोरम अन्नपूर्ण हिमश्रृंखला र अॅागनमा फापर सुकाइ रहनु भएकी एक आमा
म्याग्दी जिल्ला, बेनी नगरपालिका वडा नं ३ मा रहेको भकिम्ली गॅाउ एक रमणिय पर्यटकिय स्थल हो । यस गॅाउबाट विभिन्न हिमालहरुको मन लोभ्याउने दृश्य देख्न सकिन्छ । समुन्द्र सतहबाट करिब २८०० मिटरको उचाइमा रहेको पर्यटकीयस्थल बेलढुङ्गा आन्तरिक तथा बाह्य पर्यटनको ठुलो सम्भावना बोकेको आकर्षक गन्तव्य भकिम्लीबाट नजिकै पर्दछ । भकिम्लीको शिरमा रहेको बेलढुङ्गाबाट गुर्जा हिमाल, धौलागिरी, निलगिरी, अन्नपुर्ण, माछापुच्छ्रे लगायतका हिमालहरुको रमणिय हिमश्रृंखला देख्न सकिन्छ ।
[तस्बिर : रुविन श्रेष्ठ, बे. न. पा. ७]