Global Spotlight

Global Spotlight News Sports and fun

29/07/2026

सुनसरीको सदरमुकाम इनरुवाको इनार चोकमा आज पनि प्रदर्शनकारीको आन्दोलन रोकिएको छैन।

28/07/2026

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका तनावग्रस्त ! दुई समुदायका युवाहरुबीच ढुंगा हानाहान !

केन्द्रीय सुरक्षा समिति बैठक- गृहमन्त्री कुरै नसुन्ने मुडमा ! 😮सुनसरीको कप्तानगञ्जमा आइतबार भएको हिन्दू–मुस्लिम झ'डपपछि ...
28/07/2026

केन्द्रीय सुरक्षा समिति बैठक- गृहमन्त्री कुरै नसुन्ने मुडमा ! 😮सुनसरीको कप्तानगञ्जमा आइतबार भएको हिन्दू–मुस्लिम झ'डपपछि उत्पन्न सुरक्षा अवस्थाबारे छलफल गर्न सोमबार सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्यो। बैठकको अध्यक्षता गृहमन्त्री सुधन गुरुङले गरेका थिए।

बैठकमा सहभागी स्रोतका अनुसार सुरक्षा निकायका प्रमुखहरूले घट'नाको कारण, सम्भावित जो'खिम र समाधानका उपायबारे विस्तृत जानकारी दिएका थिए। तर गृहमन्त्री गुरुङ सुरक्षा अधिकारीहरूको प्रस्तुति र सुझावप्रति खासै सकारात्मक नदेखिएको स्रोतको दाबी छ।

स्रोतका अनुसार गृहमन्त्रीले प्रहरी र सशस्त्र प्रहरीमाथि ला'परबाही भएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। यस क्रममा उनी सुरक्षा निकायका प्रमुखहरूले उठाएका दीर्घकालीन सुरक्षा चुनौतीका विषयमा भने कम चासो देखिएको बताइएको छ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले केही दिनअघि संसदीय समितिमा रोहिंग्या शरणार्थीको अ'वैध प्रवेशले सुरक्षा चुनौती बढिरहेको बताएका थिए। सोही विषयलाई उनले सुरक्षा समितिको बैठकमा पनि उठाएका थिए। तर उक्त विषयमा गृहमन्त्रीले पर्याप्त ध्यान नदिएको भनाइ छ।

बैठकमा प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूले सुनसरीदेखि नेपालगञ्जसम्म यस्ता साम्प्रदायिक त'नाव भविष्यमा पनि दोहोरिन सक्ने भन्दै यसको मूल कारण पहिचान गरी दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औँल्याएका थिए। नेपालगञ्जमा विगतमा पटक पटक हिन्दू–मुस्लिम त'नाव र झ'डपका घ'टना भएको तथा तराईका अन्य जिल्लामा पनि यस्तै संवेदनशील अवस्था रहेको उनीहरूको निष्कर्ष थियो।

सुरक्षा निकायहरूले यस्ता चुनौतीबारे विगतदेखि नै विभिन्न अनुसन्धान प्रतिवेदन र सुझाव मन्त्रालयलाई उपलब्ध गराउँदै आएको जानकारी पनि बैठकमा गराइएको थियो।

यसैबीच, प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लले घ'टनापछि गरिएका केही प्रशासनिक निर्णयमाथि प्रश्न उठाएका छन्। उनले घ'टनाको कारण र समाधानमा केन्द्रित हुनुपर्नेमा सुरक्षा निकायप्रति प्रतिशो'धपूर्ण व्यवहार देखिएको टिप्पणी गरेका छन्। मल्लले सुरक्षा चुनौतीहरूको दीर्घकालीन समाधानका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय र समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्।

28/07/2026

सुनसरीको कोशी कटान क्षेत्रमा तनाव थप चर्किएको छ। प्रदर्शनका क्रममा केही समूहले पसलमा आगजनी गर्नुका साथै तोडफोड र लुटपाटसमेत गरेका छन्। घटनापछि क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने थप विवरण आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।

27/07/2026

इनरुवा नगरपालिका वडा नम्बर-१ स्थित प्रहरी बिटमा आन्दोलनकारीले तोडफोड गरेको दृश्य...

23/07/2026

रुकुममा प्रहरीलाई नै धकेलेर हानाहान...
भिडियोः सामाजिक सञ्जाल

संकटको सारथि 'साहारा सेवा समाज परिवार': शिविरको मरण-हरणदेखि कला-संस्कृति जगेर्नासम्म🙏🙏🙏
17/07/2026

संकटको सारथि 'साहारा सेवा समाज परिवार': शिविरको मरण-हरणदेखि कला-संस्कृति जगेर्नासम्म🙏🙏🙏

भुटानी शरणार्थी शिविरहरूबाट पुनर्स्थापना भई अमेरिका पुगेका नेपाली भाषी भुटानी समुदायद्वारा सञ्चालित 'साहारा स....

गायक Durgesh Thapa को स्वरमा रहेको "Math Sikne" गित विवादमा आएको छ।
17/07/2026

गायक Durgesh Thapa को स्वरमा रहेको "Math Sikne" गित विवादमा आएको छ।

16/07/2026

बुधबार राति परेको भीषण बर्षा पछि डुवानमा परेको काठमाडौ वनस्थलीस्थित खरिबोट क्षेत्रको दृश्य...

16/07/2026

बुधबार हेटौंडा–भीमफेदी–काठमाडौ सडक खण्डमा देखिएको दृश्य....

Address

Damak 3
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Global Spotlight posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share