26/09/2026
नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि वडा तहदेखि निर्वाचित हुनुभएका सम्पूर्ण वडा सभापतिज्यूहरू, क्षेत्रीय प्रतिनिधिज्यूहरू, पालिका सभापतिज्यूहरू तथा वडा, गाउँ र नगर कार्यसमितिका सम्पूर्ण निर्वाचित नेतागणहरूमा हार्दिक बधाई एवं सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।
नेपाली कांग्रेसको संगठनलाई अझ सुदृढ, गतिशील र ऊर्जाशील बनाउँदै युवा पुस्ताको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यका साथ बागलुङ जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट खुला युवा (३५ वर्षमुनि) तर्फ मेरो उम्मेदवारी रहेको छ।
यस महत्वपूर्ण यात्रामा सम्पूर्ण आदरणीय वडा सभापतिज्यूहरू एवं क्षेत्रीय प्रतिनिधिज्यूहरूबाट यहाँहरूको अमूल्य माया, ममता, सद्भाव, विश्वास, साथ र सहयोगको हार्दिक अपेक्षा गर्दछु।
यहाँहरूको विश्वासलाई आत्मसात् गर्दै नेपाली कांग्रेसको संगठन सुदृढीकरण, युवा पुस्ताको प्रतिनिधित्व र पार्टीलाई अझ गतिशील बनाउने अभियानमा इमानदारीपूर्वक समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछु।
जय नेपाल !