Dj Nepal

Dj Nepal मेरो प्रोफाइलमा स्वागत छ। आफ्नु मनलाई मनोरञ्जन दिन चाहनु हुन्छभने भने सही आईडी मा आउनु भो Enjoying
(530)

18/09/2026

With Rajkumar Mandal – I just got recognised as one of their top fans! 🎉

बागलुङमा १५०० ग्राम गाँजा र ३६० ग्राम चरेस सहित १ महिला पक्राउ ।
16/09/2026

बागलुङमा १५०० ग्राम गाँजा र ३६० ग्राम चरेस सहित १ महिला पक्राउ ।

तेल चाेर्दै गर्दा सराफ आयल भैरहवाबाट २ ट्याङकर नियन्त्रणमा । भैरहवामा_आयल_निगमको_डिजेल_चोरी_गर्ने_तीन_ट्याङ्कर_नियन्त्रण...
16/09/2026

तेल चाेर्दै गर्दा सराफ आयल भैरहवाबाट २ ट्याङकर नियन्त्रणमा ।

भैरहवामा_आयल_निगमको_डिजेल_चोरी_गर्ने_तीन_ट्याङ्कर_नियन्त्रणमा सिद्धार्थ नगरपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका लु २ ख १५४४ र लु १ ख ६५०४ नम्बरका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित दुईवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ। मंगलवार गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो। सो क्रममा उक्त स्थानबाट अर्को एक ट्याङ्कर फरार भएकोमा प्रहरीले पछ्याई नियन्त्रणमा लिन सफल भएको छ। फरार भएको उक्त ट्याङ्कर लु १ ख ६६१९ नम्बरको रहेको छ। नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको जनाईएको छ।

संसारकै बेस्ट बाबा निराकार पाण्डे :- "सानु, मेरो आखाँको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है । बाबा अल्वेज लभ्स यु । ...
16/09/2026

संसारकै बेस्ट बाबा निराकार पाण्डे :- "सानु, मेरो आखाँको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है । बाबा अल्वेज लभ्स यु । जहाँ भए पनि जसरी बसे पनि बाबाले तिमीलाई सधैं सम्झनु हुन्छ है, बाबु । यु आर त बेस्ट है सानु । मामुलाई धेरै माया गर्नु, सबै भन्दा ठूलो कुरा राम्रो मान्छे बन्नु पर्छ है छोरा। कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न।" 😭😭
आज बुवाको मुख हेर्ने दिन उहाँलाई नसम्झी बस्न सकिएन । हजुरको आत्मालाई शान्ति मिलोस । 🕉️🕉️🙏🙏🥺🥺

जुन अपराधको सजाय जतिसुकै निर्मम् दिए पनि कमै लाग्छ, त्यस्को लागी २० हजार जरिवाना मात्रै । अपराधीहरूको मनोबल बढाउने काम ह...
14/09/2026

जुन अपराधको सजाय जतिसुकै निर्मम् दिए पनि कमै लाग्छ, त्यस्को लागी २० हजार जरिवाना मात्रै ।
अपराधीहरूको मनोबल बढाउने काम होईन र यो सरकार ?

Highlights for Children

जय पाथिभरा माता!❤🙏🙏शुभ विहानी । माता पाथिभराको आर्शिबादले तपाईको दिन शुभ रहोस !❤🙏🙏
14/09/2026

जय पाथिभरा माता!❤🙏🙏
शुभ विहानी । माता पाथिभराको आर्शिबादले तपाईको दिन शुभ रहोस !❤🙏🙏

13/09/2026

भोटेकोशी बाढीको दोहोरो बज्रपात: छोरा बेपत्ता भएपछि शोकमा परेकी आमा मृ त भेटिइन्

रामेछाप — भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी छोरा बेपत्ता भएपछि गहिरो शोकमा डुबेकी ५८ वर्षीया आमा डोल्मा याङ्जी शेर्पाको दुखद अन्त्य भएको छ।

उमाकुण्ड गाउँपालिका–१ गुम्देल (हाल सोलुखुम्बुको लिखुपिके–१ किन्जा निवासी) का ङिमा शेर्पा गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण रसुवा हाइड्रोपावरको कम्पाउन्डबाटै बे पत्ता भएका थिए। छोराको खोजीका लागि काठमाडौँ पुगेकी आमा डोल्मा याङ्जीलाई कम्पनीले छोरा जीवित भेटिने सम्भावना नरहेको जानकारी गराएर घर फर्काएको थियो।

छोराको मृत्युको खबरले छाँगाबाट खसेजस्तै भएकी उनले आफूलाई सम्हाल्न सकिनन्। भदौ १६ गते राति घरपरिवार र आफन्तसँग छोराको अन्तिम संस्कार कसरी गर्ने भन्ने विषयमा छलफल गरेपछि उनी रातकै समयमा टर्च लाइट बोकेर घरबाट निस्किएकी थिइन्। आफ्ना सबै गरगहना घरमै छाडेर निस्किएकी उनी त्यसपछि सम्पर्कविहीन बनेकी थिइन्।

परिवार र स्थानीयले निरन्तर खोजी गर्दा पनि भदौ १७ गतेदेखि बेपत्ता भएकी डोल्मा याङ्जी पाँच दिनपछि घरभन्दा निकै टाढाको खोलामा मृ त अवस्थामा फेला परेकी हुन्।

उनको शवलाई पोस्टमार्टमका लागि सोलुखुम्बुको सल्लेरी लगिएको र त्यहीँ शेर्पा परम्परा अनुसार अन्तिम संस्कार गरिएको उनका भाइ पेम्बा
शेर्पाले जानकारी दिएका छन्। हाइड्रोपावर क्षेत्रमा श्रम गर्दै आएका छोराको बिछोड सहन नसकेर आमाले पनि ज्यान गुमाएपछि यतिबेला सिङ्गो गाउँ र परिवार अपूरणीय क्षति र गहिरो शोकमा डुबेको छ।

🙏सहयोगको अपिल 🙏गुल्मी जिल्ला, वडा नं. ७, बेदुखर्क निवासी रमेश अधिकारीका १ वर्षीय छोरा “संस्कार ” अहिले जीवनको कठिन अवस्थ...
13/09/2026

🙏सहयोगको अपिल 🙏
गुल्मी जिल्ला, वडा नं. ७, बेदुखर्क निवासी रमेश अधिकारीका १ वर्षीय छोरा “संस्कार ” अहिले जीवनको कठिन अवस्थामा छन्। 🥺💔

संस्कार विगत ६ महिनादेखि काठमाडौं टिचिङ अस्पतालमा उपचाररत छन्। उनको मुटुको अप्रेसन भइसकेपछि रगत पातलो बनाउने औषधिको प्रयोगका क्रममा टाउकोको नसामा गम्भीर असर परी टाउकोको नसा फुट्न गएको र अहिले उनको जीवन बचाउनका लागि टाउकोको अप्रेसन गर्नुपर्ने अवस्था आएको छ।

सानो उमेरमै यति ठूलो पीडा र संघर्षसँग जुधिरहेका यी अबोध बालकलाई बचाउन परिवारले आफ्नो क्षमताले भ्याएसम्म उपचार गराइरहनुभएको छ। तर लामो समयदेखि अस्पतालमा उपचार भइरहेकाले परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर र नाजुक बनेको छ। आर्थिक अभावकै कारण आवश्यक उपचार तथा अप्रेसन अगाडि बढाउन कठिन भइरहेको छ।

🙏 यस कठिन घडीमा संस्कारको जीवन बचाउन तपाईं–हामी सबैको सानो सहयोग पनि ठूलो आशा बन्न सक्छ।

तपाईंले गर्नुभएको सानो सहयोगले पनि एउटा अबोध बालकको जीवनमा ठूलो अर्थ राख्न सक्छ। त्यसैले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आफन्तजन, साथीभाइ तथा सहयोगी मनहरूमा आफ्नो क्षमताले भ्याएसम्म आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

“सहयोग ठूलो वा सानो हुँदैन, सहयोग गर्ने मन ठूलो हुनुपर्छ।” ❤️

आज हाम्रो सानो सहयोगले भोलि संस्कारको मुस्कान फर्काउन सक्छ।
आउनुहोस्, मानवताको हातेमालो गरौं र यो बाबुको जीवन बचाउने अभियानमा साथ दिऔं। 🙏❤️

संस्कार बस्नेत शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण सहयोगी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं। 🙏

12/09/2026

Address

Barsain
Barsain
56400

Alerts

Be the first to know and let us send you an email when Dj Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share