Milan Panthi

Milan Panthi Graphic Designer

21/12/2025

एउटा कार्यालयमा वर्षौंदेखि खाजामा चाउमिन मात्र दिइँदै आएको थियो।
समय बित्दै जाँदा कर्मचारीहरू दिक्क भए।
त्यसपछि कर्मचारीहरूले चाउमिन विरोध आन्दोलन सुरु गरे ।
व्यवस्थापन ले आन्दोलन सुनेर भन्यो: “ठिक छ, चाउमिनको विकल्पमा नयाँ खाजा राखिन्छ।
तर कर्मचारीहरूले मिलेर कुन खाजा खाने भनेर सहमति गर्नुपर्छ।”
यता कर्मचारीहरू बैठक बस्छन्।
कोही भन्छन् : समोसा
कोही भन्छन् : मोमो
कोही भन्छन् : रोटी
कोही भन्छन् : पुरी–तरकारी
सबैले पुरानो चाउमिन बदल्न चाहन्छन्,
तर आफ्नो-आफ्नो विकल्प “सबैभन्दा राम्रो” भन्ने हठले सहमति बन्दैन।
अन्ततः व्यवस्थापनले घोषणा गर्छ: “अब भोटिङ हुन्छ।”
भोट नतिजा यस्तो आयो:
समोसा =२०%
मोमो = २२%
रोटी =१८%
पुरी–तरकारी =१५%
चाउमिन = २५%
गतिविधि हेर्नेहरूले आँखा ठूलो पारेर गने: चाउमिनको विपक्षमा = 20+22+18+15 = 75 % मत
चाउमिन पक्षमा = 25 % मत
# ७५% कर्मचारी परिवर्तन चाहन्थे।
तर ७५% बीच एकता थिएन।
त्यसैले २५% ले फेरि जिते ।
अनि कार्यालयमा फेरि शुरु भयाे "चाउमिन राज" एस्तै हो देश र जनता को चाला । परिबर्तन आफै हुन्छ जबबर्दस्त होइन । र फेरि आ-आफ्नै ढोक्सा थापेर बस्ने हो भने GenZ आन्दोलनको आकाङ्क्षालाई चाउमिनले जेल्ने निश्चित छ!!😊
゚ ゚viralシviralシfypシ゚viralシalシ

हेर्ने आँखा भन्दा बुझ्ने मन राम्रो हुनुपर्छअनि मुहारमा मुस्कान त सधै रहिरहन्छ ।😊😊
09/01/2024

हेर्ने आँखा भन्दा बुझ्ने मन राम्रो हुनुपर्छ
अनि मुहारमा मुस्कान त सधै रहिरहन्छ ।😊😊



अर्घाखाँची जिल्ला छ्त्रदेब गाउँपालिका-05, डिहि हाल रुपन्देही जिल्ला सैनामैना नगरपालिका-11, ओखडा बस्दै आउनु भएको नाम शोभा...
06/12/2023

अर्घाखाँची जिल्ला छ्त्रदेब गाउँपालिका-05, डिहि हाल रुपन्देही जिल्ला सैनामैना नगरपालिका-11, ओखडा बस्दै आउनु भएको नाम शोभाखर पन्थी, वर्ष 81 गहुँ-गोरो बर्ण का बुवा मिति 2080-08-14 गते बिहिवार देखि सम्पर्क बिहिन हुनु भएको हुदा देख्नुहुने सम्पुर्णले नजिकैको प्रहरी कार्यालय अथवा निम्न फोन नं. मा सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।
फोन न. : 97497-82227 / 98636-18240



07/08/2023

चौतारोमा बसेर केटाहरुलाई गफ हान्दै थिएँ, बुबाले पछाडि बाट भाटाले हान्दै,
- गगन थापा बन्न खोज्छस्, भनेर हकार्नु भो
भुतभुताउँदै घर पुगें,
आमाले- अलि बुझ्ने गरि बोल शेरबादुर बन्न नखोज, भन्नुभयो
तिमीहरु जेसुकै गर म मेरो सुर छोड्दिन भन्ने सोच्दै कोठामा पसें, आफ्नै मनले- भीम रावल बन्छु भन्ठान्याहोलास्, होश गर् भन्यो
किचनमा छिरेर दिदी सँग त कुरा मिल्ला नि भनेर,
- अब हामी मिल्नु पर्छ भनेको, प्रचन्ड बन्न नखोज्- भन्नुभयो
छुट्टिएर बस्छु भनेर भाँडा कुडा निकाल्दै थिएँ, दाइले
- तँ माधव नेपाल हुन नखोज् भन्दै एक लबटा हान्नुभो
किचेन बाट बहिनीले फोहोरको पोको ल्याउँदै- यी बालेनले फाल्न नसकेको फोहोर फालेर देखा भनी, सक्दिन भनेको
- झलनाथ जस्तो अल्छी नबन् भनिन्
टिभि रुममा पसेर गनगनाउँदै यो घरमा मलाई कसैले गन्दैन भन्दैथिएँ, भाईले फ्याट्टै- त्यत्रो पढेर पनि बाबुराम जस्तो बन्न खोज्छस् त, तँलाई कसले गन्छ ? भन्यो
पढ्न बसेकी सोझी बैनी लाई नै गफ दिन परो भनि यसो १,२ टुक्का दिंदैथिएँ- भो भो, केपी ओली हुन नखोज्, खुरुक्क जा यहाँ बाट, मेरो भोली Exam छ, भनी
त्यस पछि रुम भित्र गएर फेसबुक चलाउदै थिएँ, दाइ आएर मोबाइल खोस्दै- खूब हर्क साम्पाङ् लाई उछिन्न खोज्छस् फेसबुक मात्र चला'र ? भन्दै हप्कायो
अब क्यार्नि होला ? भन्ने सोच्दा सोच्दै श्रीमतीलाई छोडिदिन्छु भनेको, छोरोले- रवि लामिछाने बन्न नखोज्नुस् बाबा, भन्यो
अनि आज्कल
- झाँक्री दिदी झैं टिकटक चलाएर बस्या'छु म 😆😆😄

17/06/2023
28/11/2022

17/11/2022

हराउदैमा मान्छे बदलिएको हुदैँन
कहिलेकाहीँ बाटो बिराएर अलमल पनि
परेको हुन सक्छ नि महोदय।।❤️

😂😂😂🤣🤣
10/11/2022

😂😂😂🤣🤣

बिहे नगरी भएन अब😁😁😜
07/11/2022

बिहे नगरी भएन अब😁😁😜

Address

Rupandehi
Butwal

Alerts

Be the first to know and let us send you an email when Milan Panthi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share