Fastlink communications

Fastlink communications Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Fastlink communications, Dharan.

06/11/2022

सुचना सुचना सुचना

यस फाष्ट लिन्क कम्युनिकेशन प्रा.लि मा पुरुष कर्मचारी आवस्यक परेको हुदा इच्छुक ब्याक्तिले चाडै सम्पर्क गर्नु होला

१. साधन अनिवार्य हुनु पर्ने
२.न्युनतम योग्यता s.l.c
३.तलब कम्पनिको नियम अनुसर
फाष्टलिन्क कम्युनिकेशन
बराहाक्षेत्र १० प्रकाशपुर
9807308988 9807329940

01/10/2022

बडा दशै शुभ दिपावली तथा छठको शुभकामना

नेपालीहरुको महान चाड बडा दसै शुभदिपवली तथा छठ पर्बको अवसरमा २०७९ सालको अवसरमा हाम्रा ग्राहक कर्मचारी शुभचिन्तक लगायत आमाबुबा, दाजुभाइ दिदीबहिनी साथै समस्त देश बिदेशमा छरिएर रहनु भएका नेपालीहरुमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक मंगलयम शुभकामना व्यक्त गर्दछौं ।
फास्ट्लिन्क केबल एन्ड नेट्वर्क
प्रा.ली.
बराहक्षेत्र न.पा.१० सुन्सरी

हार्दिक श्रादन्जली
31/08/2022

हार्दिक श्रादन्जली

13/04/2022

नयाँ बर्ष २०७९ सालको पावन अवसरमा हजुरहरुको सुख , शान्ति एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय कामना

फाष्ट लिन्क केबल एन्ड नेट्वर्क
प्रा.लि.प्रकाशपुर

10/10/2021

बडा दशै शुभ दिपावली तथा छठको शुभकामना

नेपालीहरुको महान चाड बडा दसै शुभदिपवली तथा छठ पर्बको अवसरमा २०७८ सालको अवसरमा हाम्रा ग्राहक कर्मचारी शुभचिन्तक लगायत आमाबुबा, दाजुभाइ दिदीबहिनी साथै समस्त देश बिदेशमा छरिएर रहनु भएका नेपालीहरुमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक मंगलयम शुभकामना व्यक्त गर्दछौं ।
फास्ट्लिन्क केबल एन्ड नेट्वर्क
प्रा.ली.
बराहक्षेत्र न.पा.१० सुन्सरी

28/06/2021

तपाईंको Internet वारम्बार समस्या आउँछ भने यसको समाधान गर्न तपाईँ आफैले के के गर्न सक्नु हुँन्छ त ??

कहीले काही केही समयको लागी Internet connection down हुँन्छ फेरी एकै छिनमा समस्या समधान हुन्छ कहीले काही लामो समय सम्म समस्या समधान हुँदैन यदि भएन भने technical team घरमै आउनु पर्ने हुँन्छ !!

सामान्य तपाईँ आफैले गर्दा पनी समस्या हरु सामाधन हुँन्छ ।

सबै भन्दा पहीला आफ्नो router मा कुनै Adapters वा Fiber Cabel ठीक छ छैन checked गर्नु होस् ।

Router setup मा गै बेला बेलामा wifi password change अनी wifi channe मा Interface छ छैन हेरी परिवर्तन् गर्नु होस ।

कहीले काही तपाई को Internet मा double seassion हुदा पनी Internet slower हुने रहेछ् यसमा हामीले router restart गर्दा मात्र पनी issues sloved हुँन्छ भएन भने Facebook messenger मा customers name लेखेर refresh my user भन्दा पनी समस्या समधान हुँन्छ ।

अझ तपाईँ सक्नु हुन्छ भने एक चोटी router factory reset गर्नु होस् अनी setup गर्न लगाउनु होस अनि रेमोट एक्सेस गर्नु होस

यदि router factory reset गरेर router setup गर्न सक्नु हुन्न भने off/on मात्र गर्नु होस

अनी जव जव तपाईँ को Internet connection slower हुँन्छ Facebook messenger मा भन्दा पनी समधान हुँदैन भने office ma सम्पर्क गर्नु होस पुन router factory reset गर्नु र तपाईंको त्यो backup restore गर्नु यसले router मा cached धेरै भय र हुने lag hang जस्तो समस्या हरु समाधान हुँन्छ ।

यादी भएन भने phone/call गर्नु होस् ।
धन्याबाद।

फस्ट लिन्क केबल एन्ड नेट्वर्क प्रा.लि.
प्रकाशपुर
9801027723
9801027708
9801027749

12/01/2021

आज कलाबन्जर देखि बाङ्गे सम्म बिजुलि को पोल सर्ने भयेकोले इन्टरनेटमा केहि समस्या आउन सक्ने सम्भाबना छ
यदि कुनै समस्या आएमा हामि क्षमा प्रार्थि छौ

फास्ट्लिन्क केबल एन्ड नेट्वर्क प्रालि
प्रकाशपुर

24/08/2020

आदरणीय सेवाग्राही,
आज हाम्रो कन्ट्रोल रूम विस्तार को काम भएको ले बिहान 10 बजे सम्म सेवा अवरुद्ध हुने कुरा यहाँ हरु माझ जानकारी गराउँछौ ।।।
यस बाट यहाँ हरु माझ पर्न गएको असुविधा प्रति क्षमाप्राथी छौ ।।।

12/08/2020

स्लो वाइफाईको समाधान

घरमा इन्टरनेट जोडेपछि वाइफाई स्लो भएको अनुभव धेरैले गरेका हुन्छन् । वाइफाई स्लो चल्नेबित्तिकै इन्टरनेट सेवा प्रदायकलाई दोष दिने चलन छ । तर इन्टरनेट राउटर, राउटरको सेटिङ, राउटर राख्ने स्थान लगायतले पनि स्लो भएको हुन सक्छ ।

स्पिड टेस्ट गर्नुहोस्
सबैभन्दा पहिले त आफ्नो घरको इन्टरनेट स्पिड टेस्ट गर्नुहोस् – वाइफाईबाट होइन, राउटरमा सिधै तार जोडेर । यसरी तार जोडेर स्पिड टेस्ट गर्दा तपाईंको स्पिड सेवा प्रदायकले वाचा गरेभन्दा थोरै छ भने सेवा प्रदायकलाई सम्पर्क गर्नुहोस् । यस्तोमा समस्या सेवा प्रदायक कै कारणले हुने हो | तार जोडेर स्पिड टेस्ट गर्दा फास्ट देखाउँछ तर वाइफाईबाट चाहिँ स्लो चल्छ भने तपाईंले राउटरको सेटिङ र राख्ने स्थान, कि त राउटर नै परिवर्तन गर्नुपर्ने हुन्छ ।

राउटर राख्ने सही स्थान

सुन्दा अचम्म लाग्छ होला तर राउटर राखेको स्थानले पनि राउटरले प्रदान गर्न सक्ने स्पिडलाई धेरै असर गर्छ ।

कस्तो ठाउँमा राउटर नराख्ने ?
– राउटरलाई कहिल्यै पनि अन्य विद्युतीय उ प क र ण (जस्तै फ्रिज, टिभी, माइक्रोवेभ) को वरपर राख्नु हुँदैन । अन्य विद्युतीय उपकरणले राउटरको सिग्नललाई अवरोध गर्छ जसले गर्दा इन्टरनेट स्लो हुन्छ ।
– राउटरलाई कुना, टेबल र स्ट्यान्डमुनि राख्नु हुँदैन । कुनामा राखिएको राउटरको सिग्नल राम्रोसँग फैलिन पाउँदैनन र इन्टरनेट स्लो हुन्छ ।
– राउटरलाई प्लास्टिकको झोला वा अन्य वस्तुले बेरेर राख्नु हुँदैन । राम्रो भेन्टिलेसन नभएको खण्डमा राउटरको तापक्रम बढ्दै जान्छ र स्लो हुन्छ ।

कस्तो ठाउँमा राख्ने राउटर ?
– राउटरलाई खुला ठाउँमा राख्नुपर्छ । सकेसम्म राउटरलाई यसरी राख्नुपर्छ कि उक्त राउटर घरको अधिकांश स्थानबाट सिधा देख्न सकियोस् ।
– फ्रिज, टिभी, माइक्रोवेभ जस्ता उपकरण र राउटरबीच कम्तीमा ४–५ मिटरको दुरी हुनुपर्छ ।
– धेरै तले घर छ भने राउटरलाई बीच तलाको बीच भागतिर राख्नु उचित हुन्छ ।

राउटरको सेटिङ
अधिकांश प्रयोगकर्ताले राउटरको सेटिङ नै परिवर्तन नगरी सुरुमा जस्तो आयो त्यसै गरी चलाउने गर्छन् । धेरैजसो अवस्थामा यसले केही पनि फरक पार्दैन र इन्टरनेट राम्रोसँग चल्छ । तर कुनै कुनै अवस्थामा यही सेटिङका कारण इन्टरनेट स्लो हुन सक्छ ।
राउटरको सेटअप पेज खोल्नलाई ब्राउजरमा 192.168.0.1 अथवा 192.168.1.1 हान्नुहोस् । आवश्यक पर्ने प्रयोगकर्ताको नाम र पासवर्ड हान्नुहोस् | परिवर्तन नगरेको खण्डमा डिफल्ट युजरनेम र पासवर्ड दुवै admin हुन्छ |

१. राउटरको च्यानल
राउटरले इन्टरनेटको सिग्नल तोकिएको केही च्यानलमार्फत पठाउँछ । तपाईंले आफ्नो राउटरलाई नजिकै रहेको अन्य राउटरबाट सबैभन्दा कम प्रयोग भएको च्यानलमा चलाउन सके यस्तो इन्टरफेरेन्स कम हुनेछ । यसका लागि प्लेस्टोर, एप स्टोर र विन्डोज १० स्टोरमा उपलब्ध वाइफाई एनलाइजर (WiFi Analyzer) नामक एप डाउनलोड गर्नुहोस् ।

उक्त एपले राउटरको लागि तपाईंको क्षेत्रमा सबैभन्दा उचित रहेको च्यानल सिफारिस गर्नेछ । राउटरको सेटअप पेज खोलेर यहाँ सिफारिस गरिएको च्यानलमा चल्ने बनाउनुहोस् ।

राउटरको सेटअप पेज खोल्नलाई ब्राउजरमा 192.168.0.1 अथवा 192.168.0.1 हान्नुहोस् । आवश्यक पर्ने प्रयोगकर्ताको नाम र पासवर्ड हानिसकेपछि राउटरको वायरलेस सेटिङमा (Wireless Settings) जानुहोस् । उक्त स्थानमा तपाईंले च्यानल परिवर्तन गर्ने विकल्प भेट्नु हुनेछ । लगभग सबैमा उक्त सेटिङमा पहिले नै अटो सेलेक्ट भएर बसेको हुन्छ । यस सेटिङलाई अटोको सट्टा वाइफाई एनलाइजर एपले सिफारिस गरेको च्यानलमा परिवर्तन गर्नुहोस् र राउटर पुनः सुचारु गर्नुहोस् ।

२. राउटरको बिकन इन्टरभल
बिकन इन्टरभल (Beacon Interval) अलि जटिल कुरा हो । अधिकांश राउटरमा यसको परिणाम १ देखि १००० सम्म राख्न मिल्छ ।
ब्राउजरमा 192.168.0.1 वा 192.168.1.1 हान्नुहोस् र राउटरको सेटअप पेज खोल्नुहोस् । वायरलेस सेटिङको एडभान्स्डमा गएपछि त्यहाँ तपाईंले बिकन इन्टरभल भन्ने अप्सन भेट्नुहुन्छ । यो सेटिङमा पहिलेनै १०० एमएस राखिएको हुन सक्छ । यसलाई ५०० जति बनाउनुहोस् र राउटर रिस्टार्ट गर्नुहोस् । राम्रो चलेन ? फेरि बिकन इन्टरभल घटाउनुहोस् वा बढाउनुहोस् अनि फेरि टेस्ट गर्नुहोस् । जुनमा राम्रो चल्छ त्यही राख्नुहोस् । बिकन इन्टरभल अलि जटिल कुरा हो । साधारण घरेलु प्रायोजनका लागि ९९१ राख्नु उचित हुन्छ । निकै थोरै बिकन इन्टरभल राख्नाले उक्त वाइफाई चलाउने मोबाइलको ब्याट्री पनि निकै चाँडो घट्छ । त्यसैले अलि बढी राख्नु नै राम्रो हुन्छ ।

३. च्यानल विथ २० मेगाहर्ज कि ४० मेगाहर्ज ?
नयाँ राउटरहरु दुईवटा च्यानल विथमा (Channel Width) काम गर्न सक्छ – २० मेगाहर्ज कि ४० मेगाहर्ज ब्राउजरमा 192.168.0.1 वा 192.168.1.1 हानेर राउटरको सेटअप पेज खोलेपछि त्यहाँ वायरलेस सेटिङमा च्यानल विथ २० मेगाहर्ज कि ४० मेगाहर्ज चयन गर्न सक्नुहुन्छ ।

२० मेगाहर्जको रेन्ज बढी हुन्छ तर स्पिड कम हुन्छ र इन्टरफेरेन्स पनि बढी हुन्छ । ४० मेगाहर्जको स्पिड बढी हुन्छ र इन्टरफेरेन्स कम हुन्छ तर रेन्ज पनि कम हुन्छ । घर ठूलो छ र रिपिटर प्रयोग गर्नुभएको छैन भने २० मेगाहर्ज नै प्रयोग गर्नु उचित हुन्छ । रिपिटर प्रयोग गरिएको छ र सानो क्षेत्रमा मात्र वाइफाई प्रयोग गर्ने हो भने ४० मेगाहर्ज नै उचित हुन्छ । ठूलो पर्खाल भएको घर र कम खुल्ला क्षेत्रमा ४० मेगाहर्ज प्रयोग गर्नु उचित हुँदैन ।

डिएनएस परिवर्तन
इन्टरनेट ब्राउजिङ अलि स्लो छ भने सुधारका लागि डिएनएस पनि परिवर्तन गर्न सकिन्छ । डिएनएस परिवर्तन गरेपछि इन्टरनेटको स्पिडमा सुधार आउने लगभग निश्चित छ । अहिले निकै प्रचलनमा रहेको र फास्ट भएको डिएनएस १.१.१.१ हो । राउटरको सेटअप पेजमा गएर डिएनएसमा १.१.१.१ हान्नुहोस् र राउटरलाई रिस्टार्ट गर्नुहोस् ।

राउटरको सुरक्षा
राउटर ह्याक भयो भने पनि वाइफाई स्लो हुन्छ । अरु कसैले तपाईंको इन्टरनेट चोरेर चलाइरहेकोले पनि स्लो भएको हुन सक्छ । राउटरको सुरक्षाका लागि निम्न कुरामा ध्यान दिनुहोस्:

१. राउटरको सेटिङ पेजमा गएर डब्लुपिएस (WPS) अप्सनलाई अफ र डिसेबल गरिदिनुहोस्
२. पासवर्ड अली लामो र जटिल राख्नुहोस्
३. पासवर्ड सधैं डब्लुएपी२ (WPA2) मोडमा राख्नुहोस्
४. परेको खण्डमा एमएसी फिल्टर (MAC Filter) गर्नुहोस्

जनै पुर्णिमा तथा रक्षा बन्धनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना।
02/08/2020

जनै पुर्णिमा तथा रक्षा बन्धनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना।

सम्पूर्ण मुस्लिम समुदायमा पावन पर्व Eid al-Adha को हार्दिक शुभकामना ।
01/08/2020

सम्पूर्ण मुस्लिम समुदायमा पावन पर्व Eid al-Adha को हार्दिक शुभकामना ।

Address

Dharan
50703

Telephone

+9779801027723

Website

Alerts

Be the first to know and let us send you an email when Fastlink communications posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share