MOUNT Computer Education

MOUNT Computer Education The page is about the best institute in pokhara for every computer course.

27/04/2015

भूकम्प के हो ?

भूकम्प पृथ्वीमा लगातार भइरहने नियमित प्रक्रिया वा दैवी विपत्ति हो । पृथ्वीमा सातवटा मुख्य प्लेट हुन्छ । सातैवटा प्लेट सँगै हिंडिरहेका हुन्छन् । जब तिनीहरु एक आपसमा ठोक्किन्छन् तब भूकम्प जान्छ । यो तीनथरिको हुन्छ । पृथ्वीको सतहभन्दा ३० किमी माथिको दूरीबाट आउनेलाई स्यालो, ३० देखि ७० किमीसम्मकोलाई मिडियम र ३० देखि ३ सय किमीसम्मकोलाई डिप भनिन्छ ।
बढी क्षति गर्ने ३० किमीसम्मकोले हो । नेपालमा १२ वैशाख २०७२ मा गएको भूकम्प स्यालो हो । भूकम्प जति माथिबाट आयो, त्यसले त्यत्ति नै बढी असर गर्छ । भूकम्पको दुईवटा वेभ हुन्छ । एउटा बडी वेभ र अर्को सर्फिस वेभ । बडी वेभमा प्राइमरी र सेकेण्डरी तथा सर्फिस वेभमा रेली र लव भन्ने दुई फरकफरक प्रकार हुन्छ । बडी वेभले कम र सर्फिसले बढी क्षति गर्छ । सिद्धान्ततः भूकम्प होरिजेण्टल र भर्टिकल वेमा जान्छ । तर कहिले काहीँ दुवै मिलेर आइदियो भने खतरनाक हुन्छ, नेपालमा अहिले भएको त्यही हो ।
भूकम्प दैनिकजसो गइरहेको हुन्छ । तर हामीले पत्तो पाउँदैनौं । १ देखि ४ रेक्टर स्केलसम्मको भूकम्पले क्षति गर्दैन । ५ रेक्टर स्केलभन्दा माथिको भूकम्पले माग क्षति हुन्छ । सामान्य भूकम्पको मापन गरिँदैन । भूकम्प दुई तरिकाले मापन हुन्छ, त्यो हो रेक्टर स्केल र अर्को इन्टेन्सिटी ।
स्केलको विकास भइसकेपछि इन्टेन्सिटीको प्रयोग कम हुन थालेको छ । स्केलले भूकम्पको क्षमता नाप्छ । इन्टेन्सिटीले क्षतिको मापन गरेर मात्र कत्रो भूकम्प आएको हो भन्ने अनुमान गर्छ । यो धेरै आधिकारिक र विश्वशनीय हुँदैन । रेक्टर स्केलमा ० देखि १० सम्मको भूकम्पको मात्र मापन हुन्छ ।
हालसम्म संसारमा सर्वाधिक ९.५ रेक्टर स्केलको भूकम्प गएको छ । चिलीमा गएको बिनासकारी भूकम्प नै अहिलेसम्मको ठूलो हो । यस्तै इण्डोनेसियामा ९.३ र जापानमा सन् २०११ मा ९.५ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालमा विक्रम सम्वत १९९० मा ८.४ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालको इतिहास हेर्दा हरेक ८० देखि १ सय वर्षमा ठूलो भूकम्प आउने गरेको छ । ९० सालपछि अहिलेको भूकम्प सबैभन्दा ठूलो हो ।
यसलाई रिटर्न पिरियड भनिन्छ ।
भूकम्पको भविष्यबाणी हुँदैन
अहिलेसम्म संसारमा भूकम्पकोभविष्यबाणी कसैले गर्न सकेको छैन । यो गर्न पनि सकिँदैन । सिद्धान्ततः विज्ञानले भविष्यबाणीलाई अस्वीकार गर्छ । भूकम्पको भविष्यबाणी गर्ने कुनै प्रविधिको विकास भएको छैन ।
सायद अब हुन पनि कठिन छ । अनुमानसम्म गर्न सकिएला । जापान र चीनमा सर्पहरु एकैपटक दुलाबाहिर आए भने, आकाशमा ठूलो संख्यामा चरा उडे भने, कुकुर भुक्यो भने, गाइवस्तु करायो भने भूकम्प आउन लागेको अन्ुमान गरिन्छ । तर विज्ञानले ती घटनालाई भूकम्प आउने संकेतका रुपमा स्वीकार गर्न सक्दैन र होइन पनि । कुनैबेला संयोग परेको भए बेग्लै कुरा हो ।
अहिले जसरी भूकम्पका विभिन्न भविष्यबाणी भइरहेका छन्, ती सबै निराधार हल्ला हुन् । यस्तो गलत हल्लाको पछि लाग्न जरुरी छैन । भूकम्प कहिले आउँछ र कति क्षमताको आउँछ भन्ने कुरा संसारमा मै हुँ भन्ने वैज्ञानिकले समेत गर्न सकेका छैनन् । भूकम्प तीन चरणमा आउँछ । पहिला पूर्वसंकेतका रुपमा सानो आउँछ । त्यसको झड्का महसुस गर्न सकिँदैन ।
दोश्रो चरणमा आउने मुख्य झड्का हो । शनिबार आएको ७. ६ रेक्टर स्केलको भूकम्प मुख्य झड्का थियो । त्यसपछि आउने सहायक भूकम्प हो । अहिले पटकपटक आइरहेको भूकम्प सहायक भूकम्प हो । यसलाई आफ्टर सक भनिन्छ । मुख्य धक्का महसुस भएको ७२ घण्टासम्म सहायक धक्का आइरहन सक्छन् । तर एउटा कुरा के पक्का हो भने सहायक धक्का मुख्य धक्का जत्रो वा त्यो भन्दा ठूलो कहिल्यै आएको पनि छैन र आउन पनि सक्दैन ।
मैले भूकम्प विषयमा जापानबाट पिएचडी गरेको छु । मेरो अध्ययनका आधारमा शतप्रतिशत दाबीका साथ भन्न सक्छु कि अब ७. ६ रेक्टर स्केल वा त्योभन्दा बढी क्षमताको भूकम्प आउँदैन । अहिले क्रमसः भूकम्पको संख्या र क्षमता घट्दै गएको छ । भएको त्यही नै हो । अब आउने भूकम्पले त्यति क्षति पनि गर्न सक्दैन । तर सुरुआती झड्काले कमजोर भएका भौतिक संरचना भत्किन सक्छन् ।
धेरै नै क्षति भएको घरमा नबस्नु ठीकै हो । तर सामान्य क्षति पुगेको घर छ भने मज्जाले घरमै सुते केही फरक पर्दैन । किन भने भूकम्प आफैंले मानिस मार्दैन । भूकम्प जाँदा भत्किने मानव निर्मित भौतिक संरचनाले गर्दा मानिसको ज्यान जाने हो । बरु सचेत के मा हुन जरुरी छ भने स्वास्थ्यका बारेमा । मरेका मानिसका शवहरु अझै घटनास्थल वा अस्पतालहरुमा बेवारिसे अवस्थामा छन् ।
तिनीहरु गन्हाउन थालेका छन् । हजारौं मानिस घरबाहिर बस्दा वातावरण प्रदूषित भएको छ । मानिसहरुमा रुघा, खोकी, ज्वरो, निमोनिया जस्ता रोगका संक्रमण फैलन सक्छ ।
नेपालमा ज्वालामुखी विस्फोट हुँदैन, काठमाण्डु भासिँदैन
नेपालमा ज्वालामुखी विस्फोट हुँदैछ भन्ने हल्ला चलाइएको छ । त्यसको सम्भावना शून्य प्रतिशत मात्र छ । ज्वालामुखी विस्फोट र सुनामी सामुन्द्रिक मुलुकहरुमा मात्र हुने घटना हुन् । हाम्रोजस्तो पहाडी मुलुकमा त्यस्तो हुनै सक्दैन । नेपाल ७२ देखि ८ हजार ८ सय ४८ मिटरसम्म उचाइ भएको मुलुक हो । यति उचाई भएको स्थानमा ज्वालामुखी विस्फोट हुँदैन ।
यी सबै हावा कुरा हुन् । खास गरी विदेशमा बसेका नेपालीले त्यस्तो हल्ला चलाइरहेका छन् । इण्डोनेसिया र चिलीमा गएको भूकम्पको दृश्य मिक्स गरेर युट्युबमा अपलोड गर्ने र नेपालमा पनि यस्तै हुँदैछ भन्ने हल्ला फिँजाएको पनि देखियो । मेरो बिनम्र अनुरोध छ कृपया ती सबै निरनधार हल्ला हुन् । हल्लाका पछि दर्गुन जरुरी छ्रैन । संसारमा ज्वालामुखी विस्फोटनको अधिक खतरा रहेका मुलुक अमेरिका, इण्डोनेसिया र ब्राजिल हुन् ।
अर्को हल्ला काठमाण्डु भासिँदैछ भन्ने पनि चलेको छ । त्यो पनि हावादारी नै हो । भूकम्कले केही मिटर जमिन भासिन सक्छ । जस्तो सातदोबाटो, अन्तर्राष्ट्यि विमानस्थल आसपास, सल्लाघारी कोटेश्वर सडक खण्डमा केही जमिन भासिएको छ । भासियो भने कतैकतै त्यति नै भासिएला । तर त्यो भन्दा तल सबका सब काठमाण्डु भासिन्छ भन्ने निराधार हल्ला हो ।
(जापानबाट भूकम्प विषयमा विद्यावारिधि गरेका लेखक त्रिभुवन विश्वविद्यालयअन्तर्गत पुलचोक क्याम्पसका प्राध्यापक हुन् )
- See more at: http://kathmandutoday.com/2015/04/97285.html .poh1nC90.dpuf

photoshop magic!!!!!!!!
11/04/2015

photoshop magic!!!!!!!!

11/04/2015

Guys contact us for :

Basic computer training (Office package)
Graphics designing
Hardware and Networking
Accounting package
Internet training
Diploma in computer
and many more.....

Contact info :

Birauta-17, Pokhara
Tel no: 061-460244

Email : [email protected]

11/04/2015

Guys share and like this page......You can contact us for :

Basic computer course
Graphics designing course
Internet
Acounting package
Hardware and Networking
and many more.......

Contact details:

Birauta-17, Pokhara
Tel no: 061-460244

Email : [email protected]

The page is about the best institute in pokhara for every computer course.

students doing the graphics practical.......
11/04/2015

students doing the graphics practical.......

Address

Birauta-17, Pokhara
Kaski
977

Telephone

061-460244

Website

Alerts

Be the first to know and let us send you an email when MOUNT Computer Education posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share