Shorts Post

Shorts Post Short, real-time news from Nepal and around the world. Stay informed in seconds.

नेपाल र विश्वभरका छोटा, वास्तविक समाचार—केही सेकेन्डमै जानकारी पाउनुहोस्।

30/06/2026

शीर्षक:
कञ्चनपुरमा २४ घण्टामा १४७.४ मिमि वर्षा, देशभर सतर्कता अपनाउन आग्रह

पछिल्लो २४ घण्टामा कञ्चनपुरको हनुमान नगरमा सबैभन्दा बढी १४७.४ मिलिमिटर वर्षा मापन भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिमसहित लुम्बिनी, बागमती, गण्डकी, कोशी र कर्णालीका विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ।

निरन्तर वर्षाका कारण नदीमा पानीको सतह बढ्ने, पहिरो र डुबानको जोखिम रहेकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

Follow Us : Shorts Post

Hashtags:

30/06/2026

शीर्षक:
काइली जेनरविरुद्ध पूर्व सेफले गर्भपतन भएको दाबी गर्दै मुद्दा दायर

अमेरिकी मोडल तथा व्यवसायी काइली जेनरविरुद्ध उनकी पूर्व सेफले असुरक्षित कार्यस्थलका कारण गर्भपतन भएको दाबी गर्दै मुद्दा दायर गरेकी छन्।

उनले गर्भावस्थामा पनि कठिन शारीरिक काम गर्न बाध्य पारिएको आरोप लगाएकी छन्।

यसअघि पनि जेनरविरुद्ध दुई कर्मचारीले कार्यस्थलमा दुर्व्यवहार भएको भन्दै मुद्दा दायर गरेका थिए। जेनर वा उनका प्रतिनिधिले हालसम्म यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।

Follow Us : Shorts Post

Hashtags:

30/06/2026

शीर्षक:
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरणको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको छ।

यसअघि अदालतले पक्राउको कारण पेश गर्न आदेश दिएको थियो। सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पौडेलको थुना म्याद हाल तीन दिन थप गरिएको छ।

Follow Us : Shorts Post

Hashtags:

30/06/2026

शीर्षक:
२४ घण्टामा सवारी दुर्घटनामा ३ जनाको मृत्यु, ८७ जना घाइते

पछिल्लो २४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ८७ जना घाइते भएका छन्। नेपाल प्रहरीका अनुसार काठमाडौँमा २ जना र मधेश प्रदेशमा १ जनाको मृत्यु भएको हो।

घाइतेमध्ये सबैभन्दा बढी ३५ जना मधेश प्रदेशका रहेका छन्।

अन्य घाइतेहरू कोशी, लुम्बिनी, बागमती, कर्णाली, सुदूरपश्चिम र काठमाडौँका विभिन्न स्थानका छन्।

Follow Us : Shorts Post

Hashtags:

30/06/2026

शीर्षक:
विश्वकपको नकआउटमा आज राति आइभोरी कोस्ट र नर्वे आमनेसामने

फिफा विश्वकपको अन्तिम ३२ अन्तर्गत आज राति १०ः४५ बजे आइभोरी कोस्ट र नर्वेबीच पहिलो पटक प्रतिस्पर्धा हुँदैछ।

खेलको विजेताले अन्तिम १६ मा स्थान बनाउनेछ।

आइभोरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेको हो भने नर्वे २८ वर्षपछि विश्वकपमा फर्किएर इर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनसहित उपाधि यात्रालाई अघि बढाउने लक्ष्यमा छ।

Follow Us : Shorts Post

Hashtags:

30/06/2026

शीर्षक:
सुनचाँदीको मूल्य घट्यो, सुन तोलाको २ लाख ७७ हजार ९ सयमा

नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ४ हजार ५०० रुपैयाँ घटेर २ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घट्दै ४ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ।

Follow Us : Shorts Post

Hashtags:

29/06/2026

शीर्षक:
नेप्से १६.५४ अंकले घट्यो, २ अर्ब ६७ करोडको कारोबार

सोमबार नेप्से परिसूचक १६.५४ अंकले घटेर २६३२.९६ विन्दुमा पुगेको छ। आज ३५१ कम्पनीका ७६.९९ लाख कित्ता शेयर २ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीमा कारोबार भए।

सबै उपसूचक घटेका छन्। स्नो रिभर, टक्सार पिखुवा खोला हाइड्रो, याम्बालिङ हाइड्रो र धवलागिरी लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी बढ्दा स्वाभिमान लघुवित्तको शेयर सबैभन्दा धेरै घट्यो।

कारोबार रकममा ग्लोबल आइएमई बैंक अग्रस्थानमा रह्यो।

Follow Us : Shorts Post

Hashtags:

29/06/2026

शीर्षक:
रुपन्देहीमा २० लाखभन्दा बढीका ३५ आईफोनसहित एक पक्राउ

रुपन्देहीको कोटहीमाई–५ बाट भन्सार छली नेपाल ल्याउँदै गरेको ३५ थान आईफोन र भारतीय मोटरसाइकलसहित एक जना पक्राउ परेका छन्।

प्रहरीले ३६ वर्षीय पवन कुमार मुरावलाई नियन्त्रणमा लिएको हो। बरामद आईफोन र मोटरसाइकलको अनुमानित मूल्य २० लाख ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Follow Us : Shorts Post

Hashtags:

29/06/2026

शीर्षक:
विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई म्याद थपका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ।

असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेलको यसअघि थपिएको सात दिने म्याद आज सकिँदैछ।

पक्राउविरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ भने अर्को सुनुवाइ मंगलबार हुने तय भएको छ।

Follow Us : Shorts Post

Hashtags:

29/06/2026

शीर्षक:
चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’मा रियान गिरी मुख्य भूमिकामा अनुबन्ध

निर्देशक बलिराम चौहानको आगामी चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’मा अभिनेता तथा गायक रियान गिरी मुख्य भूमिकामा अनुबन्ध भएका छन्।

राष्ट्रिय धान दिवसको अवसरमा निर्माण टिमले उनको अनुबन्धको घोषणा गरेको हो। युवा पुस्ताको कथामा आधारित चलचित्रको कथा बलिराम चौहान र उपश्री खतिवडाले लेखेका हुन् भने अन्य कलाकारको छनोट प्रक्रिया जारी रहेको निर्माण टिमले जनाएको छ।

Follow Us : Shorts Post

Hashtags:

Address

New Baneshwor
Kathmandu
44660

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:30 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:30 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Alerts

Be the first to know and let us send you an email when Shorts Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shorts Post:

Shortcuts

Share