KMS Institute

KMS Institute Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from KMS Institute, Computer training school, Chabahil/07, Kathmandu.

सम्पूर्ण भाषा तथा कम्प्युटर कक्षा एकै ठाउँमा 🙏 KOREAN 🇰🇷, JAPANESE 🇯🇵, FRENCH 🇫🇷, GERMAN 🇩🇪, CHINESE 🇨🇳, ENGLISH🇺🇸🇬🇧, IELTS-TOEFL 🇬🇧🇺🇸, COMPUTER 🖥️ With expert and Experienced Teacher 🙏

जापानबाट एउटा अत्यन्तै दुःखद र स्तब्ध पार्ने खबर बाहिर आएको छ। "काममा ढिलो आउने भए कम्पनी छोडिदे" भन्दै ३ जना सहकर्मी मि...
16/03/2026

जापानबाट एउटा अत्यन्तै दुःखद र स्तब्ध पार्ने खबर बाहिर आएको छ। "काममा ढिलो आउने भए कम्पनी छोडिदे" भन्दै ३ जना सहकर्मी मिलेर कुटपिट गर्दा ३९ वर्षीय एक पुरुषको आफ्नै कम्पनीको होस्टेलमा मृत्यु भएको छ। यस घटनाले जापानको कार्यस्थलमा हुने 'पावर ह्यारासमेन्ट' र बुलिङको डरलाग्दो यथार्थलाई फेरि एकपटक सतहमा ल्याइदिएको छ।

[कम्पनीभित्रको दुर्व्यवहार] सम्बन्धी ३ मुख्य कुरा:

✅ १. निर्मम घटना (Tragic Incident): काममा जान ढिलो उठेको (Nebou) निहुँमा ३ जना सहकर्मीहरू मिलेर ती ३९ वर्षीय पुरुषलाई निर्घात कुटपिट गरेका थिए। गम्भीर घाइते भएका उनको कम्पनीको होस्टेल (Shain Ryou) भित्रै ज्यान गएको छ, जसलाई प्रहरीले गम्भीर रूपमा लिएको छ।

✅ २. लगातारको टर्चर (Routine Bullying / Ijime): प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार यो एक दिनको मात्र घटना नभई, ती व्यक्तिमाथि सधैं जसो सामूहिक रूपमा कुटपिट र दुर्व्यवहार (Shudan Lynch) हुने गरेको आशंका गरिएको छ। कार्यस्थलमा हुने यस्तो 'पावर हरासमेन्ट' (Pawahara) जापानमा अत्यन्तै गम्भीर कानुनी अपराध हो।

✅ ३. हाम्रो समुदायको लागि पाठ (Lesson for Us): जापानमा काम गर्दा कोही पनि यस्तो हिंस्रक र डरलाग्दो वातावरणमा सहेर बस्नु हुँदैन। यदि तपाईं वा तपाईंको चिनेजानेको कोही कम्पनी वा होस्टेलमा यस्तो मानसिक वा शारीरिक दुर्व्यवहारको सिकार हुनुभएको छ भने, तुरुन्तै नजिकको प्रहरी वा सम्बन्धित निकायमा उजुरी गर्नुपर्छ।

के तपाईंलाई जापानको कार्यस्थलमा कसैले 'पावर ह्यारासमेन्ट' गरेमा वा दुःख दिएमा कहाँ गएर उजुरी गर्ने भन्ने जानकारी छ त? 🏢💬🙏

(Source: Japan National News)

Manufacturing क्षेत्र तर्फको कोरियन भाषा (2025)को नतिजा प्रकाशन सम्बन्धी सूचना !पासर सूचीको लागि तलको लिङ्कमा थिच्नुहोला...
10/03/2026

Manufacturing क्षेत्र तर्फको कोरियन भाषा (2025)को नतिजा प्रकाशन सम्बन्धी सूचना !

पासर सूचीको लागि तलको लिङ्कमा थिच्नुहोला ।

https://epsnepal.gov.np/uploads/files_video/files_1773144259.pdf

इच्छा भए उमेरले छेक्दैन, ७८ वर्षको उमेरमा पढ्न थालेकी कोरियाली महिला ८५ वर्षमा कलेज स्नातक डिग्री हमसिल गर्न सफल 🙏🇰🇷दक्ष...
27/02/2026

इच्छा भए उमेरले छेक्दैन, ७८ वर्षको उमेरमा पढ्न थालेकी कोरियाली महिला ८५ वर्षमा कलेज स्नातक डिग्री हमसिल गर्न सफल 🙏🇰🇷

दक्षिण कोरियाकी ८५ वर्षीया किम जङ जाले उमेरलाई चुनौती दिँदै कलेजको डिग्री हासिल गरेकी छन्। शुक्रबार Sookmyung Women’s University मा आयोजित समारोहमा उनले सामाजिक कल्याण विषयमा एसोसिएट डिग्री प्राप्त गर्दै यस वर्षको कोरियाकै सबैभन्दा वृद्ध कलेज स्नातक बन्न सफल भएकी हुन्।

नेभी रंगको टोपी लगाएर मञ्चतर्फ बिस्तारै अघि बढेकी किमलाई विश्वविद्यालयको सभाहलभरि उपस्थित विद्यार्थी र शिक्षकहरूले ताली बजाउँदै स्वागत गरेका थिए। उनले ७८ वर्षको उमेरमा पहिलोपटक पेन्सिल समातेर कोरियन भाषा पढ्न र लेख्न सिक्न थालेकी थिइन्। सात वर्षको निरन्तर अध्ययनपछि उनले आफ्नो जीवनको ठूलो सपना पूरा गरेकी हुन्।

सन् १९४१ मा आठ दाजुभाइ दिदीबहिनीमध्ये जेठी सन्तानका रूपमा जन्मिएकी किमले Korean W`ar का कारण परिवारसँग गजे टापुमा शरण लिनुपरेको थियो। त्यतिबेला छोरीहरूलाई विद्यालय पठाउने चलन नभएकाले उनले सानैदेखि घरायसी काम, लञ्चबक्स कारखाना र सार्वजनिक स्नानगृहमा काम गर्दै परिवार धानेकी थिइन्।

जीवनभर परिवार र तीन सन्तानको पालनपोषणमा समर्पित हुँदा शिक्षा उनको लागि टाढाको सपना बनेको थियो। कठोर श्रमका कारण ढाड बांगिएको समस्यामा उनले तीन पटक श`ल्यक्रिया समेत गराउनुपरेको थियो। तर ७० वर्ष पार गरेपछि उनको जीवनमा मोड आयो। छोरीलाई विमानस्थल पुर्‍याउन जाँदा गेटको साइनबोर्ड पढ्न नसक्दा उनलाई गहिरो लाज महसुस भयो, जसले पढ्ने निर्णय लिन प्रेरित गर्‍यो।

त्यसपछि उनले वयस्क साक्षरता विद्यालयमा भर्ना भई पढाइ सुरु गरिन्। क्रमशः पढ्न लेख्न सिक्दै उनले माध्यमिक र उच्च माध्यमिक तह पूरा गरिन् र सन् २०२४ को कलेज प्रवेश परीक्षा (CSAT) दिने सबैभन्दा वृद्ध परीक्षार्थी समेत बनिन्। सोही वर्ष विश्वविद्यालयको Future Education Institute मा भर्ना भएर उनले आफ्नी नातिनीले अध्ययन गरेको विश्वविद्यालयमा पढ्ने सपना पूरा गरिन्।

दुई वर्षसम्म उनले दीर्घकालीन ढाड दुखाइ र तीन घण्टाभन्दा लामो यात्राको कठिनाइ सहँदै अध्ययन जारी राखिन्। बिहान ९ बजेको कक्षामा पुग्न हप्तामा तीन दिन बिहानै घरबाट निस्किनुपर्ने भए पनि उनले पढाइ नछोडी अन्ततः सफलता हासिल गरिन्। किमको उपलब्धिलाई कोरियामा आजीवन शिक्षाको प्रेरणादायी उदाहरणका रूपमा हेरिएको छ।

Manufacturing तर्फ परीक्षा‌ दिएर बस्नुभएका व्यक्तिहरुको Score HRD Korea ले आफ्नो वेबसाइटमा राखेको छ। तर कतिजना उत्तीर्ण ...
27/02/2026

Manufacturing तर्फ परीक्षा‌ दिएर बस्नुभएका व्यक्तिहरुको Score HRD Korea ले आफ्नो वेबसाइटमा राखेको छ। तर कतिजना उत्तीर्ण हुनुभयो भन्ने नामावली अपडेट गरेको छैन। Score भने परीक्षा दिनुभएका सम्पुर्ण व्यक्तिहरुले हेर्न सक्नुहुनेछ।

परीक्षामा कति Score आयो हेर्नका लागि कमेन्टमा राखिएको लिङ्कमा गई Passport No. र DOB राखी Search गर्नुहोला। तपाईंले दिनुभएको पुराना परीक्षाको Score पनि यहिँ आउने भएकाले Registration Number रुजु गर्नुहोला।
Result काे लागी तल कमेन्टमा राखीएकाे Link Click गर्नुहाेला

17/02/2026

50% Heavy Discount मा नयाँ गुणस्तरीय कोरियन भाषा कक्षाहरू धमाधम भइरहेको हुँदा कोरियन भाषा पढन इच्छुक बिधार्थी भाइ बहिनीहरू ले चाँडो सम्पर्क गर्नुहोला ✋
✅ दक्ष तथा अनुभवी शिक्षक शिक्षिका
✅ शान्त तथा अनुकूल वातावरण
✅ गरिब तथा जेहेन्दार विद्यार्थीका लागि विशेष छुट को व्यवस्था
✅ कमजोर विद्यार्थीहरू को लागि विशेष कक्षा को व्यवस्था
✅ पढेर पास भएर कोरिया जादा सम्म सम्पूर्ण प्रक्रिया लागि आवश्यक परामर्श दिइनेछ
📞 01-5907446
📱 9860877107
📩 [email protected]
📍 https://share.google/lokqLNpyUuagxgFBQ
Chabahil - 07, Kathmandu (Maijubahal Gate)
🇰🇷🇰🇷😘

महाशिवरात्रि को हार्दिक मंगलमय शुभकामना 🔱 💐
15/02/2026

महाशिवरात्रि को हार्दिक मंगलमय शुभकामना 🔱 💐

कोरियाले E-9 विदेशी कामदार छनोट प्रक्रियामा अन्तर्वार्ता (Interview) मूल्यांकन प्रणाली सुधार गरेको छ। अब छनोट गर्दा कोरि...
12/02/2026

कोरियाले E-9 विदेशी कामदार छनोट प्रक्रियामा अन्तर्वार्ता (Interview) मूल्यांकन प्रणाली सुधार गरेको छ। अब छनोट गर्दा कोरियन भाषा बोल्ने क्षमता, कामको निर्देशन बुझ्ने क्षमता र सुरक्षा सचेतना लाई बढी प्राथमिकता दिइनेछ।
🔹 अन्तर्वार्तामा अंकभार बढाइने
🔹 कामसँग सम्बन्धित निर्देशन र उपकरणको बुझाइ जाँचिने
🔹 सुरक्षा नियमबारे गहिरो प्रश्न सोधिने
🔹 सबै क्षेत्रमा कोरियन भाषा परीक्षाको पास अंक बढाइने
🔹 यो व्यवस्था यसै वर्षदेखि लागू हुनेछ
यसको उद्देश्य विदेशी कामदारलाई काममा छिटो घुलमिल गराउनु र औद्योगिक दुर्घटना कम गर्नु हो। EPS तयारी गरिरहेका सबैले कोरियन भाषा र सुरक्षा ज्ञानमा अझ ध्यान दिनु आवश्यक छ।

🇯🇵Japan मा SSW Caregiver Visa १ बर्ष थप गर्नु पाइने, यस्ता छन् नियमहरू 👇
10/02/2026

🇯🇵Japan मा SSW Caregiver Visa १ बर्ष थप गर्नु पाइने, यस्ता छन् नियमहरू 👇

Agriculture & Livestock तर्फ इपिएस शाखा ग्वार्कोद्वारा परीक्षा तालिका प्रकाशन भएको छ। परीक्षा तालिकाको PDF Link कमेन्टमा...
05/02/2026

Agriculture & Livestock तर्फ इपिएस शाखा ग्वार्कोद्वारा परीक्षा तालिका प्रकाशन भएको छ। परीक्षा तालिकाको PDF Link कमेन्टमा राखिएको छ। सबैले आफ्नो परीक्षा मिति हेर्नुहोला।

HRD Korea ले आफ्नो वेबसाइटमा Agriculture & Livestock तर्फ परीक्षा तालिका अपडेट गरेको छ। परीक्षा यहि February बाट सञ्चालन...
05/02/2026

HRD Korea ले आफ्नो वेबसाइटमा Agriculture & Livestock तर्फ परीक्षा तालिका अपडेट गरेको छ। परीक्षा यहि February बाट सञ्चालन हुने तालिका देखिन्छ। यद्यपि परीक्षा कहिलेदेखि कहिलेसम्म सञ्चालन हुने भनी उल्लेख गरेको भने छैन‌। तर आफ्नो व्यक्तिगत परीक्षा मिति हेर्न भने सकिनेछ। परीक्षा मिति यसप्रकार हेर्नुहोस्;

कमेन्टमा राखिएको लिङ्कमा जानुहोस्>Nation मा Nepal Select गर्नुहोस्>Year मा 2025 Select गर्नुहोस्>The 4th recruitment of the Point System in Nepal_Agriculture and Livestock मा जानुहोस्>Receipt No. मा आफ्नो Registration Number को C पछाडिको ८ अङ्क राखेर Search गर्नुहोस्।

यदि माथि उल्लेखित प्रक्रिया अनुसार नाम देखिएन भने पुन:

कमेन्टमा राखिएको लिङ्कमा जानुहोस्>Nation मा Nepal Select गर्नुहोस्>Year मा 2026 Select गर्नुहोस्>The 4th recruitment of the Point System in Nepal_Agriculture and Livestock(2) मा जानुहोस्>Receipt No. मा आफ्नो Registration Number को C पछाडिको ८ अङ्क राखेर Search गर्नुहोस्।

नोट: परीक्षाको अन्तिम तालिका इपिएस शाखा ग्वार्कोद्वारा प्रकाशित हुनेछ। इपिएस शाखा ग्वार्कोद्वारा तालिका प्रकाशन भएपछि मात्र अन्तिम तालिका मान्न ‌सकिनेछ।

सुरक्षा कारणले नेपालबाट ईपीएस कर्मचारी फिर्ता ल्याउनु परे फेरि पठाउँदैनौँ : दक्षिण कोरियाकोरियाले नेपालमा ईपीएसअन्तर्गत ...
02/02/2026

सुरक्षा कारणले नेपालबाट ईपीएस कर्मचारी फिर्ता ल्याउनु परे फेरि पठाउँदैनौँ : दक्षिण कोरिया

कोरियाले नेपालमा ईपीएसअन्तर्गत श्रमिक लैजान एचआरडी स्थापना गरेको छ । कोरियाको भाषा र सीप परिक्षा पास गरी बसेका नेपालीले रोस्टरको समय बढाउनुपर्ने माग गर्दै नियमित आन्दोलन गरेपछि कोरियाले यस्तो चेतावनी दिएको हो ।

भाषा परीक्षा पास गरेका नेपाली श्रमिकले रोस्टर अवधि थप लगायतका माग राख्दै आन्दोलन गरिरहेका छन्, जसको समाधानका लागि नेपाल सरकारले उच्चस्तरीय टोली पठाउने तयारी गरेको छ।

कोरियाले हालसम्म १ लाख २१ हजारभन्दा बढी नेपाली श्रमिकलाई रोजगारीका लागि छनोट गरेको छ भने, समस्या समाधान वार्ताबाट मात्र सम्भव हुने भन्दै आन्दोलन नगर्न अपिल गरिएको छ।

30/01/2026

नेपाली शहीद दिवस नेपालमा लोकतन्त्र, स्वतन्त्रता र न्यायका लागि आफ्नो जीवन बलिदान दिने वीर सहिदहरूप्रति गहिरो सम्मान र सम्झनाको दिन हो। प्रत्येक वर्ष माघ १६ मा मनाइने यो दिनले उनीहरूको साहस, निस्वार्थता र राष्ट्रप्रतिको अटल प्रतिबद्धताको सम्मान गर्दछ। शहीदहरूको बलिदानले नेपालमा राजनीतिक जागरूकता र लोकतान्त्रिक परिवर्तनको जग बसालेको थियो। यस दिन, मानिसहरूले कार्यक्रम, भाषण र मौन धारण मार्फत श्रद्धाञ्जली अर्पण गर्छन्, आज उपभोग गरिएका अधिकार र स्वतन्त्रताहरू ठूलो मूल्य चुकाएर आएका हुन् भन्ने सम्झनामा। शहीद दिवसले सबै नेपालीहरूलाई लोकतन्त्र, एकता र राष्ट्रिय प्रतिष्ठाको रक्षा गर्ने आफ्नो कर्तव्यको सम्झना गराउँछ।
शहीद दिवशकाे सबैमा शुभकामना 💐🙏

Address

Chabahil/07
Kathmandu
00977

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Telephone

+9779860877107

Website

Alerts

Be the first to know and let us send you an email when KMS Institute posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KMS Institute:

Share