Solution House

Solution House Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Solution House, Web designer, Kathmandu.

मतदाता शिक्षामा ७५ करोड स्वाहाकाठमाडौं- स्थानीय तह दोस्रो चरण चुनाव भएको तीन साता हुनलाग्दा पनि निर्वाचन आयोगले कति मत ब...
20/07/2017

मतदाता शिक्षामा ७५ करोड स्वाहा

काठमाडौं- स्थानीय तह दोस्रो चरण चुनाव भएको तीन साता हुनलाग्दा पनि निर्वाचन आयोगले कति मत बदर भयो भनेर सार्वजनिक गर्न आलटाल गर्दै आएको छ। मतदाता शिक्षामा करोडौं रुपैयाँ खर्च गरे पनि बदर मतको परिणाम उच्च रहेका कारण आयोग मौन बसेको हो।

विराटनगर महानगरपालिकामा २१ प्रतिशत मत बदर भएको छ। ८० हजार ४ सय ७७ मत खसेको विराटनगरमा ६१ हजार २ सय ७० मत मात्रै सदर भयो।
निर्वाचन अधिकारीका अनुसार पहिलो चरणमा जस्तै दोस्रो चरण चुनावमा पनि बदर मतको संख्या उच्च छ। विराटनगर महानगरपालिकामा २१ प्रतिशत मत बदर भएको छ। ८० हजार ४ सय ७७ मत खसेको विराटनगरमा ६१ हजार २ सय ७० मत मात्रै सदर भयो। त्यसैगरी कपिलबस्तु नगरपालिकामा १७.११ प्रतिशत र कृष्णनगर नगरपालिकामा २२.६२ प्रतिशत मत बदर भयो। पहिलो चरण चुनावमा ललितपुरमा अधिकतम १७ प्रतिशत मत बदर भएको थियो।

स्थानीय चुनावमा गाउँभन्दा नगरक्षेत्रमा बढी मत बदर भएको छ। ‘मतदाता शिक्षामा खटिएका प्रशिक्षक सिकाउन जाँदा सहरका मानिसले सबै कुरा जानेजस्तो गरे तर उनीहरूलाई केही थाहा थिएन,' आयोगको मतदाता शिक्षा सूचना केन्द्रका प्रमुख सूर्य अर्यालले भने। अर्यालका अनुसार करिब ७५ करोड रुपैयाँ मतदाता शिक्षाका लागि छुट्याइएको थियो। पहिलो चरणमा एक महिना र दोस्रो चरणमा एक महिनाभन्दा बढी समयसम्म मतदाता प्रशिक्षक खटाइएको बताए। असार १४ मा प्रदेश नम्बर १, ५ र ७ मा दोस्रो चरणको चुनाव भएको थियो।

‘हामीले स्थानीय निकायमा काम गर्ने सामाजिक परिचालकलाई मतदाता प्रशिक्षण तालिममा ४२ करोड रुपैया खर्च गर्‍यौं। मतदाता प्रशिक्षकको मासिक तलब १२ हजार रुपैयाँ र भत्ता तीन हजार थियो,' अर्यालले भने, ‘जसका कारण ठूलो रकम खर्च भयो।'

कार्यक्षेत्रमा खटिएका प्रशिक्षकले इमानदारीपूर्वका काम नगर्दा पनि मत बदर बढी भएको हुनसक्छ। निर्वाचन आयोगका अधिकारीहरूले मतदाता शिक्षाका लागि नमुना मतदान, सार्वजनिक सूचना र पत्रिकामा विज्ञापन छपाइ, घरदैलो कार्यक्रम गरिएको बताए। तर त्यसले अपेक्षा अनुसार परिणाम ल्याउन सकेन।

मतदाता शिक्षा विज्ञापनमा पनि दसांै लाख रुपैयाँ खर्च भएको छ। युट्युबमा अपलोड गरिएका यस्ता विज्ञापन निकै कमले मात्र हेरेका छन्। ‘भोटिङ एनिमेसन प्रोसेस' शीर्षकको विज्ञापनलाई १ सय ३८, औदिल चुनाव हो (थारु भाषा) को २४ र मह सञ्चारले तयार पारेको विज्ञापन १४ जनाले मात्रै हेरेका छन्।

जानकारहरूले यसपटक बदर मत पहिलाका चुनावमा भन्दा निकै बढी भएको बताएका छन्। उनीहरूले आयोगले सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुननसकेका कारण बदर मत बढी भएको आंकलन गरेका छन्। लाखौं रुपैयाँ खर्च गरे पनि मतदानका प्राविधिक पक्षबारे मतदातालाई बुझाउन नसक्दा यस्तो भएको उनीहरूको भनाइ छ।

‘पूरै मतपत्र बदर भएको करिब २ प्रतिशत हो र पदअनुसार फरकफरक बदर भने धेरै छ। पहिलो चरणमा ९–१० प्रतिशत मत बदर भएको छ,' आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने।

‘अहिले उम्मेदवारअनुसार बदर मत गणना सकेका छैनौ र पूरै मतपत्र बदर भएको २–३ प्रतिशतको बीचमा छ,' आयुक्त नरेन्द्र दाहालले भने। आयुक्त दाहालले मत बदर संख्या बढ्नुको कारण राजनीतिक दल भएको बताए। ‘राजनीतिक दलमा कसरी मतदान गर्ने भन्ने अभिमुखीकरण अभाव देखियो र चुनाव जित्नका लागि अन्तिम समयमा गरिएको गठबन्धनले पनि बदर मतको संख्या बढाउने काम गरेको छ,' दाहालले भने।

उम्मेदवार मनोनयनपत्र दर्ता गराउने ठीक एक दिनअघि चुनावी गठबन्धन गरेका प्रमुख राजनीतिक दलहरूले कार्यकर्तालाई मतदानको प्राविधिक पक्षमा प्रशिक्षण पनि दिएनन्। त्यसैले पार्टीले उम्मेदवार नै नउठाएको पदमा समेत मतदान भएको छ।

स्थानीय चुनावमा फरक सात पदका लागि एउटै मतपत्रको व्यवस्था गर्दा पनि त्यसले जटिलता उत्पन्न गर्‍यो। यसले पनि बदर मत संख्या बढ्यो।

आयोगले बदर मत संख्या बढेसँगै आगामी चुनावमा मतदाता शिक्षा रणनीति परिवर्तन गर्ने भएको छ। ‘मुख्य रुपमा सहरी क्षेत्रमा घरदैलो कार्यक्रम कम प्रभावकारी देखिएको छ। त्यसैले, नमुना मतदान र सडक नाटक जस्ता माध्यमबाट धेरै मतदातासँग पुग्ने योजना बनाएका छौं' अर्यालले भने।

-नागरिक

एउटै बाघले १९ जना मार्‍योचितवन- बाघ धर्तीको सुन्दर जनावर हो। बाघलाई हिंस्रक वन्यजन्तुको रूपमा पनि चिनिन्छ। सबै बाघ मान्छ...
20/07/2017

एउटै बाघले १९ जना मार्‍यो

चितवन- बाघ धर्तीको सुन्दर जनावर हो। बाघलाई हिंस्रक वन्यजन्तुको रूपमा पनि चिनिन्छ। सबै बाघ मान्छेकै ज्यान लिने हिंस्रक हुँदैनन्। हिंस्रक भइहालेमा अकल्पनीय घटना पनि बन्न सक्छ। भनिन्छ, बाघ हिंस्रक भयो भने यसलाई रोक्न सकिँदैन।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेका लगभग सवा सय बाघमध्ये २२ बाघले मात्रै मान्छे र पशुमाथि आक्रमण गर्ने र ज्यानसमेत लिने गरेको देखिएको छ। तीमध्ये एक बघिनीले १९ जना मान्छे मारेको पत्ता लागेको छ।

सो बघिनी पश्चिम चितवनको कालाबन्जर मध्यवर्ती उपभोक्ता समिति क्षेत्रअन्तर्गतका बस्तीभन्दा केही पर नारायणी नदीको भंगालो र सामुदायिक वन क्षेत्रमा ओहोरदोहोर गर्छे। लगभग १३ वर्षकी बघिनीको पछाडिको देब्रे खुट्टाको एउटा नंग्रा अलि बांगिएको छ। त्यसैले उसलाई 'नंग्रा बघिनी' भनिन्छ। सन् २००८ बाट बघिनीले मान्छे मार्न थालेकी हो। सन् २०१६ सम्म उसले मारेका मान्छेको संख्या १९ पुगेको छ।

'यो बाघ मान्छेको बस्तीमा छिरेको छैन तर जंगल र त्यसवरपर मान्छे भेटेमा आक्रमण गरेर ज्यानै लिने गरेको छ', राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अनुसन्धान अधिकृत बाबुराम लामिछानेले भने। लामिछानेले सन् २००७ देखि २०१६ सम्ममा बाघले मान्छे र घरपालुवा जनावरमाथि गरेको आक्रमणबारे अनुसन्धान गरेका थिए।

उनी र चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक कमल गैरेसहित १२ जनाको टोलीले गरेको अनुसन्धानमा सो अवधिमा बाघको आक्रमणमा परेर ४० जनाको ज्यान गएको पत्ता लागेको थियो। तीमध्ये १९ जनाको ज्यान एउटै बाघले लियो। आफ्नो बासस्थानभन्दा बाहिर ननिस्कने तर धेरै मान्छेको ज्यान लिने यो बाघको स्वभाव अरूको भन्दा फरक पाइएको लामिछानेले बताए।

'खासमा मान्छे बाघको आहारा होइन। घाइते, अशक्त वा बूढो भएर अरू जनावर मार्न नसक्ने भएमा वा आफ्नो वासस्थानबाट अरू वयस्क बाघका कारण धपाइए भाले बाघ सिकार गर्न बस्ती पस्छ। मान्छे र घरपालुवा जनावरमाथि आक्रमण गर्ने गर्छ। 'तर नङ्ग्रा बघिनीको स्वभाव अलग देखियो', लामिछानेले भने। यसले नियमितरूपमा अरू जनावरको पनि सिकार गर्छ र वन पनि छाड्दैन तर मान्छे पटकपटक मारेको छ।

सन्तानले पनि मार्‍यो मान्छे

बाघको नियमित अनुगमनका लागि निकुञ्ज र संरक्षणमा सक्रिय संस्थाले क्यामेरा ट्र्यापिङ गरेर फोटो खिच्छन्। सन् २००८ को क्यामेरा ट्र्यापिङका बेलामा नङ्ग्रा बघिनी बच्चासँग रहेको फोटो खिचिएको थियो। सन् २००९ मा मेघौली दिव्यनगर क्षेत्रमा एउटा भाले बाघले मान्छे मार्न थाल्यो। सो बाघलाई नियन्त्रणमा लिइयो। मजुवा भाले नाम दिइएको सो बाघको तस्बिर भिडाएर हेर्दा नङ्ग्रा बघिनीको बच्चासँग मिल्यो।

सो मजुवा भालेलाई चितवन निकुञ्जको मुख्यालय कसरामा रहेको खोरमा राखिएको थियो। सन् २०१० मा खोरभित्रै सो भालेको मृत्यु भयो। अहिले नवलपरासीको नवलपुर क्षेत्रमा एउटा बाघले ज्यादै दुःख दिएको छ। अनुसन्धान नभए पनि सो बाघ पनि कतै नङ्ग्रा पोथीकै सन्तान पो हो कि भन्ने आशंका भने जन्मिएको छ।

सन् २००४ मा मेघौलीको भगेडीमा एउटा बाघ तीनवटा बच्चासहित बस्तीमा पसेर मान्छेमाथि आक्रमण गरेको थियो। नियन्त्रणमा लिएर रेडियो कलर जडान गरेपछि माउ बाघ मर्‍यो। तीनवटा बच्चामध्ये एउटा मृत फेला पर्‍यो। एउटालाई निकुञ्ज कार्यालयले नियन्त्रणमा लिएर खोरमा राख्यो। एउटा बच्चा हराइरहेको थियो। नङ्ग्रा सोही भगेडी पोथीको बच्चा पो हो कि भन्ने आशंका छ। तर अध्ययन भएको छैन।

सजग भए जोगिन सकिन्छ

एउटै बाघले १९ जनाको ज्यान लिए पनि स्थानीयहरू सो बाघप्रति खासै आक्रोशित छैनन्। बस्तीमा नआउने भएका कारण डराउनुपर्ने अवस्था नरहेको कालाबञ्जर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष रेविजंग गुरुङले बताए। तर वनक्षेत्रमा पस्दा स्थानीयहरू सजग हुनुपर्ने आवश्यकता उनले औंल्याए। वनक्षेत्रभन्दा केही बाहिरको नदी इलाकामा पनि आक्रमणको डर कायमै छ।

भरतपुर महानगरपालिकाका १७, १८ र २६ नम्बर वडा कालाबञ्जर मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत पर्दछन्। यो समितिको क्षेत्रभित्र छवटा सामुदायिक वन छन्। सो बाघ सामुदायिक वनक्षेत्र भन्दा पनि पर मंगलपुरको ज्ञानेश्वर वनक्षेत्रसम्म ओहोरदोहोर गर्ने गरेको क्यामेरा ट्र्यापिङ गर्दा खिचिएको फोटोबाट पत्ता लागेको छ। नदी क्षेत्रको १७ किलोमिटर दूरीमा यो बाघ ओहोरदोहोर गर्ने गरेको भेटिएको छ।

'बाघ कहाँ छ भनेर पत्ता लगाउन क्यामेरा ट््यापिङ भरपर्दो माध्यम हो। क्यामेरा ट्र्यापिङ नियमित गर्ने र रेडियो कलरसमेत राखेर सो बाघ हिंड्डुल गरेको क्षेत्र जानकारी लिन सक्ने हो भने जहाँ बाघ छ त्यहाँ नजाऊ है भनेर स्थानीयलाई सजग गराउन सकिन्थ्यो', अध्यक्ष गुरुङले भने।

नङ्ग्रा पोथीले लामो समयदेखि मान्छेमाथि आक्रमण गर्दै आए पनि बस्तीमा नआउने भएका कारण सजग भए स्थानीयको ज्यान जोगिने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारीसमेत रहेका नुरेन्द्र अर्यालले बताए। बस्तीमा नआउने भएका कारण सो बाघलाई नियन्त्रणमा लिन पनि गाह्रो छ। चार वर्षअघि नियन्त्रणमा लिने प्रयास भए पनि सम्भव नभएको अधिकारीहरूले बताएका छन्।

मान्छे नै खाने बाघ ज्यादै कम

चितवन राष्ट्रिय निकुञ्जमा १२० बाघ छन्। तर सन् २००७ देखि २०१६ सम्मको अवस्था अध्ययन गर्दा तीमध्ये २२ वटा बाघमात्रैले मान्छे र घरपालुवा पशुचौपायाको हानि गरेको भेटिए। जंगलमा रहेकामध्ये पाँच प्रतिशतभन्दा कम बाघले मान्छेलाई दुःख दिने गरेको भेटियो भन्छन् अनुसन्धानकर्ता लामिछाने।

कूल २२ मध्ये मान्छे मार्न पल्केका बाघ (नरभक्षी भएका) सातवटा मात्रै थिए। अरू छवटा बाघले संयोगवश मान्छेलाई आक्रमण गरेको लामिछानेले जानकारी दिए। यसरी १३ वटा बाघले मात्रै मान्छेलाई आक्रमण गरेका थिए। बाँकी छवटा बाघले मान्छेलाई केही गरेनन् तर पटक पटक घरपालुवा जनावर मारेर हानि पुर्‍याएका थिए। तीनवटा बाघ मानवबस्तीमा पसे पनि मान्छे वा घरपालुवा जनावरलाई आक्रमण गरेनन्।

मान्छे तथा जनावरलाई केही नगरे पनि बस्तीमा फेला परेका ती तीनवटा बाघलाई सुरक्षाका कारण नियन्त्रणमा लिनुपरेको थियो। चितवन निकुञ्जको सिमानासँग जोडिएका चितवनसहित मकवानपुर, पर्सा र नवलपरासीमा भएका घटनाहरूको अनुसन्धान गरी तथ्य संकलन गरेको लामिछानेले बताए।

-नागरिक

पीडित सास्तीमै, राहत रकम फ्रिजसुर्खेत- तीन वर्षअघि बाढीपहिरोले विस्थापित भएर गिरीघाट अस्थायी शिविरमा बस्दै आएका नरेन्द्र...
06/07/2017

पीडित सास्तीमै, राहत रकम फ्रिज

सुर्खेत- तीन वर्षअघि बाढीपहिरोले विस्थापित भएर गिरीघाट अस्थायी शिविरमा बस्दै आएका नरेन्द्र खत्रीले असारको दोस्रो साता जग्गा खरिदका लागि ५० हजार रुपैयाँ प्राप्त गरे। उनी अहिले जग्गाको खोजीमा छन्। जग्गा किनेर सहरी विकास तथा भवन डिभिजन कार्यालयअन्तर्गतको डिभिजन कार्यालय सुर्खेतलाई लालपुर्जा दिएपछि मात्रै उनले घर बनाउन पहिलो किस्ताको ५० हजार रुपैयाँ पाउँछन्।

'५० हजारको जग्गा खोज्न थालेको एक साता हुन थाल्यो, अहिलेसम्म पाएको छैन', खत्रीले भने, 'कार्यालयले चाँडो जग्गा किनेर लालपुर्जा ल्याउनु भनिरहेको छ।' सरकारले गत चैतमा सुर्खेतसहित बर्दिया, बाँके, दाङ र सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई भूकम्पपीडित सरह राहत वितरण गर्ने निर्णय गरेकोमा पीडितका लागि पैसा भने जेठको दोस्रो साता पठाएको थियो।

सुर्खेतका नौ सय ७० बाढीपीडितका लागि १० करोड २३ लाख ५० हजार रुपैयाँ आएको छ। आर्थिक वर्ष सकिनै लाग्दा आएको यो बजेट पीडितसम्म नपुगेर फ्रिज हुने अवस्थामा छ। 'बजेट ढिलो आयो, बाढीपीडितले जग्गा खरिद गर्न सकेका छैनन्', लेखा अधिकृत परशुराम पराजुलीले भने, '१० करोड २३ लाखमध्ये सात करोड रुपैयाँ फ्रिज हुने देखिन्छ।'

कार्यविधिमा जग्गा खरिदका लागि ५० हजार र घर बनाउन तीन लाख रुपैयाँ दिने उल्लेख छ। घर बनाउन दिने भनिएको तीन लाख तीन किस्तामा वितरण गर्ने गरिएको छ। 'जग्गा खरिद गरेर लालपुर्जा दिएपछि ५० हजार, घरको जग हालेपछि एक लाख २५ हजार र बाँकी घर निर्माण सम्पन्न भएपछि वितरण गर्नुपर्छ', पराजुलीले भने, 'अधिकांशले जग्गा किनिनसकेकाले बजेट फ्रिज हुन लागेको हो।' जग्गा खरिदका लागि ५० हजार रुपैयाँ लिएकाले पनि एक सातामा घर बनाउन सक्ने अवस्था छैन।

नौ सय ७० बाढीपीडितमध्ये सात सय १७ पूर्ण क्षति र दुई सय ५५ आंशिक क्षति भोगेका छन्। पूर्ण क्षति हुनेलाई जग्गा खरिद र घर बनाउन तीन लाख ५० हजार र आंशिक क्षति हुनेलाई घर बनाउन तीन लाख रुपैयाँ दिने निर्णय सरकारले गरेको थियो। बुधबारसम्म पाँच सय १२ जनालाई रकम दिइएको छ। तीमध्ये एक सय ७७ जनालाई जग्गा खरिद र तीन सय ३४ जनालाई घर बनाउन पहिलो किस्ताको रकम वितरण गरिएको छ। 'बुधबारसम्म दुई करोड ५५ लाख ५० हजार रुपैयाँमात्रै वितरण गर्न सकेका छौं', पराजुलीले भने, 'अब बढीमा ५० लाखसम्म वितरण गर्न सकिने अवस्था छ।'

जग्गा खरिदका लागि ५० हजार रुपैयाँ बुझेका एक सय ७७ परिवारमध्ये अधिकांशले जग्गा पाएका छैनन्। 'यस्तो महँगीमा ५० हजारमा कहाँबाट जग्गा पाइन्छ?' बाढीपीडित बलबहादुर थापाले भने, 'हाम्रो नाममा आएको रकम वितरण नभएरै फिर्ता जाने भयो।'

तीन वर्षअघि विस्थापित भएका केही पीडितले घर निर्माण गरिसकेका छन्। बाढीपीडितका लागि बनाइएको कार्यविधिमा भूकम्प प्रतिरोधीघरलाई मात्रै रकम दिने उल्लेख छ। 'बाढीपीडितले बनाएका घर भूकम्प प्रतिरोधी छैनन्', लेखापाल पराजुलीले भने, 'घर बनाएर बसेकालाई पनि रकम दिन सक्ने अवस्थामा छैनौं।'

-नागरिक

मनमोहन अस्पताल काण्ड : पत्थरी निकाल्ने नाममा कसरी झिकियो किड्नी?काठमाडौं : नुवाकोटको विदुर नगरपालिकाका शिवप्रसाद रिमाल म...
06/07/2017

मनमोहन अस्पताल काण्ड : पत्थरी निकाल्ने नाममा कसरी झिकियो किड्नी?
काठमाडौं : नुवाकोटको विदुर नगरपालिकाका शिवप्रसाद रिमाल मनमोहन मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल विरुद्ध उजुरी बोकेर जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्। आफ्नी पत्नी र आफन्तका साथ उजुरी गर्न पुगेका रिमालले पत्थरीको शल्यक्रिया गर्दा अस्पतालले मिर्गौला झिकेको आरोप लगाएका छन्।

उनी जेठ २२ गते कोख अत्यधिक दुखेर जाच गर्न अस्पताल गएको बताउँछन्।
‘जाँचपछि पत्थरीको अपरेशन गर्ने डाक्टरको सल्लाह आयो,’ उनले भने, ‘२५ गते अपरेशन भयो। मैले केही थाहा पाइन। गलत नियतले अस्पतालले मेरो मृगौला झिकेर श्रीमतीसँग ६ बुँदे सहमति गराएछ।’

प्रशासन कार्यलयमा भेटिएका रिमालले न्यायको लागि अपील गर्न आएको बताए। निराश देखिएका उनले भने, ‘अस्पतालले मेरो मृगौला अन्य प्रयोजनको लागि झिक्यो। म बेहोश भएको बेला मेरी श्रीमतीलाई दवाव दिएर सम्झौता गर्न बाध्य बनायो।’

रिमालले आफ्नो मृगौला झिकेको १५ दिनपछि थाहा पाएको बताए। उनले अस्पतालसँग गरेको सम्झौतापत्र हेर्दा पत्नीको हस्ताक्षर भएकोमा अचम्ममा परेको सुनाए। र, रिमालले सम्झौता मान्य नहुने बताए।

हस्ताक्षर किन गरेको भन्दै पत्नी रन्जुसँग उनले सोधे। ‘दबावमा परेर सम्झौतामा हस्ताक्षर गर्नुपरेको’ पत्नीले जवाफ दिइन्।

रन्जुले भनिन्, ‘उपाय केही थिएन। यो सम्झौतामा हस्ताक्षर गर्नुस्। नत्र, बिरामीको ज्यान जान्छ भनेर अनेक दबाब आउन थाल्यो। त्यसपछि मैले सही गरे। त्यो बेला उहाँको बचाउका लागि हस्ताक्षर गर्नुपर्छ जस्तो भयो। अरु केही थाहा भएन।’

रिमाल ४ वर्ष साउदी अरेबिया बसेर एक वर्षअघि नेपाल फर्किएका थिए। उनको ६ र २ वर्षको छोराहरु छन्। कोखमा अत्याधिक दुखाई भएर अस्पताल जाँदा पत्थरीको अपरेशन गनुपर्छ भन्ने सल्लाह आएको उनले बताए।
‘अस्पताले एउटा मृगौला झिकिदियो। भएको एउटामा पनि पत्थरी छ। मलाई तलमाथि भयो भने मेरो लालाबालाको के हुन्छ?’ उनले दुखेसो पोखे।
‘मलाई थाहा नदिइ मृगौला झिके। थाहा नदिइ नै सम्झौता पनि भएछ। मलाई मान्य भएन। मैलै दुइ'टा माग फेरि अस्पताल समक्ष प्रस्तुत गरेँ ,’ उनले भने, ‘त्यो माग अस्पतालले नमानेकाले न्यायको लागि यहाँसम्म आउनुपरेको हो।’

के हो उनको माग ?

‘पहिलो माग मृगौला किन निकालियो उपयुक्त कारण प्रस्तुत गर्नुपर्छ भन्ने थियो,’ उनले भने, ‘दोस्रो माग ५० लाखको जीवन बीमा अस्पतालले गर्नुपर्छ भन्ने थियो। तर, अस्पतालले दुई पटक समय माग्यो। र, पछि माग पूरा गर्न नसक्ने जानकारी दियो।’

रिमाल पहिलेको ६ बुँदे माग पूरासँगै आफ्नो बैंक खातामा ५० लाख रकम अस्पतालले जम्मा गरिदिनुपर्ने बताउँछन्। 'यही माग अस्पतालले सामान्य तरिकाले पूरा नगरेकाले कानुनी प्रक्रिया अपनाउनु परेको हो,’ उनले भने।

के भन्छ मनमोहन अस्पताल?

मनमोहन अस्पतालका अधिकृत नवराज रुपाखेती सम्झौतापत्रको बारेमा बिरामीलाई जानकारी भए पनि पछि 'बार्गेनिङ' गर्न यस्तो बहाना बनाएको बताउँछन्। लापर्वाही र खराब नियतले मृगौला नझिकेको उनको दावी छ।
‘अनुभवी डाक्टर गुणकुमार श्रेष्ठले गरेको शल्यक्रिया हो। न त त्यहाँ नियत गलत थियो न लापर्बाही,’ उनले भने, ‘मिलिसकेको कुरा राजीतिक कारणले गर्दा यस्तो भएको हो।’

रुपाखेतीका अनुसार रिमाल अस्पताल आउँदा सामान्य भए पनि उनको मृगौलामा गम्भीर असर परेको रिर्पोटले देखाएको थियो।

‘उनको मृगौला सामान्य थिएन। पत्थरी देखिएको बायाँ तर्फको मृगौला जुन स्थानमा हुनुपर्ने थियो, त्यो भन्दा तल थियो,’ रुपाखेतीले भने, ‘पत्थरी र मृगौला जटिल ठाउँमा थियो। २ सेमीको पत्थरी शल्यक्रिया गर्ने सहमति गरेर २५ गते अपरेशन सुरु गरियो।’

रुपाखेतीका अनुसार अपरेशन भइरहेको थियो। अन्तिममा पत्थरी निकालेर सिलाउने बेलामा मृगौलाबाट धेरै रगत बग्यो। डाक्टरहरुले सबै प्रविधि प्रयोग गरेर रगत रोक्न खोज्दा रोकिएन।

‘हामीले बिरामीको आफन्तहरुलाई जटिल परिस्थिति बारे जानकारी दियौँ। उनीहरुले मृगौला झिक्ने स्वीकृति दिए,’ उनले भने, ‘हामीले ढिलो गरेको भए या मृगौला नझिकेको भए बिरामी मर्न सक्थ्यो। त्यसैले बिरामी बचाउन हतार गरेर मृगौला झिक्यौ र बिरामी बचायौं। त्यहाँ कागज नगर्नु हाम्रो गल्ती भयो।’ उनका अनुसार त्यसपछि ६ बुँदे सहमति भयो।

के थियो ६ बुदे सहमतिमा

विरामीको आफन्तहरुले प्रस्तुत गरेको मागपत्रमा ‘बिरामीलाई अर्को मिर्गौला फेर्नुपर्ने भए फेरिदिने, जीवनभर उपचार निःशुल्क गर्ने, हालसम्म लागेको औषधिलगायतका सम्पूर्ण उपचार शुल्क मिनाहा गर्ने छ।’

त्यसैगरी ‘बिरामीका दुई छोराको स्वास्थ्य र शिक्षाको निःशुल्क व्यवस्था गर्ने, बिरामीकी श्रीमती र बिरामीलाई पनि निको भएपछि सोही अस्पतालमा रोजगारीको व्यवस्था गर्ने र बिरामीको जीवन बीमा गरिदिने विषय उल्लेख छ।’
‘सम्झौता पत्रमा हस्ताक्षर भइसकेकपछि पटक पटक नुवाकोटका राजनीतिक दलका प्रतिनिधि ध्रुब अधिकारी र यादव नेपाल आएर ५० लाख जीवन बीमाको माग राखे। सामान्य घटनालाई राजनीतिक रङ दिए। नकारात्मक हल्ला फैलाए,’ अधिकृत रुपाखेतीको उल्टै आरोप छ, ‘उहाँहरुको माग सम्झौता गर्न अस्पतालले सकेन। उहाँहरु नकारात्मक हल्ला फैलाउन सफल हुनुभयो। उहाँहरु कानुनी प्रक्रियामा जानुभएको छ। हामी त्यो स्वीकार गर्छौं।’

-पहिलो पोष्ट

04/07/2017

हिन्दुवादी राप्रपाको नाक जोगाउने मुसलमान, जितपछि भन्छन् : नेपाल हिन्दु राष्ट्र बनाउनुपर्छ

काठमाडौं : 'तपाईँलाई धेरै धेरै बधाई छ। हाम्रो पार्टीको प्रतीक नै हुनुभयो।'
मंगलवार बिहानै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले फोनबाट बधाई दिएपछि उनी दङ्ग थिए। अध्यक्षले फोनमा भने झै राप्रपामा प्रतीक नै बने यिनी। दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा गाउँपालिकामा जितेर उनले हिन्दु राष्ट्रको पक्षपोषण गर्दै आएको राप्रपाको साख जोगाएका थिए।

झापाको कचनकवल गाउँपालिकाको अध्यक्षमा हिन्दु राष्ट्रलाई अभियान बनाउने दल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जित हात पार्ने यिनी हुन् अञ्जरा आलाम, एक मुसलमान।

आलामले ५ हजार ८ सय १६ मत प्राप्त गरी जिते। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कलेन्द्रप्रसाद सिंह राजवंशीले ५ हजार ३ सय ५३ मत ल्याए।

रोचक त के रह्यो भने हिन्दु धर्मको रक्षा र सनातन हिन्दुराष्ट्र हुनुपर्ने मुख्य एजेन्डा बोकेर हिड्ने राप्रपामा पार्टीको नाक राख्ने काम भने इस्लाम धर्मावलम्बीले गरे। तर, उनी पार्टीको हिन्दु राष्ट्र हुनपर्ने एजेन्डाले नै आफूलाई जित दिलाएको दावी गर्छन्।

'वर्षौदेखि नेपाल हिन्दु राष्ट्रको पहिचान लिएर रहेको हो। यो पहिचानलाई विश्वको नक्साबाट हटाउने काम भयो। जनतालाई सहमत भएनन र हिन्दु धर्म सबैको सर्वपरी धर्म हो। हिन्दुधर्म पहिचानको रुपमा रहनु पर्छ भन्ने मान्यता हो त्यसैले जितायो,' पहिलोपोस्टसँगको कुराकानीमा उनले भने, 'म मुस्लिम समुदायको भए पनि नेपाल धर्म सहिष्णुता र हिन्दु धर्मले सबै धर्मलाई समेटेका कारण यो पहिचान हटाउन मिल्दैन।'

'पहिचानवादी' आन्दोलनले संक्रमित गरेको समाजमा फरक धर्मावलम्बीले यस्तो भनेको सुन्दा अपत्यारिलो लाग्ला। तर, उनको जीतले त्यसलाई पुष्टि गरेको छ। 'राष्ट्रको पहिचानको लागि हिन्दु राष्ट्र हुनपर्छ,' उनले भने।
करिब १० हजार जनसङ्ख्या रहेको गाउँपालिकामा करिब ३ हजार मुस्लिम मतदाता छन्। २०५४ सालदेखि राप्रपाको राजनीतिमा लागेका आलाम २०५४ सालमा झापाको पाठामारी वडा नम्वर १ बाट वडा सदस्य जितेका थिए। आफ्नो गाउँपालिकाका केही स्थानमा सडक नपुगेकाले आफ्नो पहिलो प्रथमिकता सडक पुर्याउने उनी बताउँछन्।

सबै धार्मिक समुदाय र वर्गको सहयोगले विजय गराएकाले सबै धर्म र संस्कृतिलाई समेटेर लैजाने उनको योजना छ। त्यस्तै बेरोजगारीको अवस्थामा सुधार तथा सडक नपुगेका ठाउँमा सडक पुर्याउने उनको योजना छ।
पेशाले उनी व्यवसायी हुन्। उनको झापामा इटा उद्योग छ।
-पहिलो पोष्ट

24/06/2017

विज्ञ भन्छन्– स्थानीयतह शासन संचालन र कर्मचारी समायोजन सम्बन्धी विधेयकमा कयौं जटिलता

काठमाडौं– व्यवस्थापिका संसदमा विचाराधिन स्थानीयतह शासन संचालन र कर्मचारी समायोजन सम्बन्धी विधेयकमा कयौ जटिलता रहेको भन्दै विज्ञहरुले त्यसलाई स्पष्ट पार्न सुझाव दिएका छन् ।

संघीय संरचनामा संविधानले धेरै काम र अधिकार स्थानीय तहलाई प्रदान गरेको भए पनि सोही अनुसार राजश्व अधिकार र वित्तीय व्यवस्थापन नभएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका हुन् ।

शनिबार राजधानीमा नेपाल नगरपालिका संघले गरेको कार्यक्रममा विज्ञहरुले स्थानीय तह शासन संचालन सम्बन्धी विधेयकमा उल्लेखित वित्तीय व्यवस्थापन सम्बन्धी अधिकार स्थानीय स्वायत्त शासन ऐनले दिएको अधिकार भन्दा कमि रहेको दाबी गरेका हुन् । प्रदेश र स्थानीय तहको राजश्व अधिकार बाझिएको भन्दै त्यसले भविष्यमा जटिलता निम्त्याउने स्थानीय स्वशासन विज्ञ डा. खिमलाल देवकोटा बताउँछन् ।

कर्मचारी व्यवस्थापन, स्थानीय वित्तिय स्रोत उपभोग, परिचालन तथा राजश्व बाडफांडमा प्रसस्त जटिलताहरुका बाबजुत संविधानसंम्बत् जनताप्रति उत्तरदायी र पारदर्शी भई भुमिका निर्वाह गर्नुपर्ने स्थानीय स्वशासन विज्ञ द्धारिका ढुंङगेल सुझाव दिन्छन् ।

कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष डोरमणि पौडेलले संविधानले दिएको अधिकार कटौती गर्दे कर्मचारी व्यवस्थापन सम्बन्धी विधेयक ल्याईएको आरोप लगाए । नीतिनिर्माण तहमा बसेका उच्च पदस्थ कर्मचारीको महत्वकांक्षी मनोकामना अनुसार विधेयक आएको पनि उनले दाबी गरे । सरकारको आवश्यक तयारी विना नै स्थानीय तहको निर्वाचन गरिएकाले आगामी कार्य, जिम्मेवारी, क्षेत्राधिकार लगायत विषयमा निर्वाचित पदाधिकारी सहित सबै अन्योलमा रहेको बताए ।

कार्यक्रममा नव निर्वाचित स्थानीय तहका पदाधिकारीले आ आफ्नो नगरको वस्तुस्थिति जानकारी गराउदै स्थानीय सरकारको कार्यसञ्चालनमा केन्द्रको हस्तक्षेपकारी भुमिका राख्नु गलत भएको भन्दै ध्यानाकर्षण गराएका थिए ।

मीरा राई बनिन् नेशनल ज्योग्राफिकको ‘वर्षकै साहसी’काठमाण्डौं, १४ माघ । नेशनल ज्योग्राफिकले असाधारण व्यक्तिलाई प्रदान गर्न...
27/01/2017

मीरा राई बनिन् नेशनल ज्योग्राफिकको ‘वर्षकै साहसी’

काठमाण्डौं, १४ माघ । नेशनल ज्योग्राफिकले असाधारण व्यक्तिलाई प्रदान गर्ने ‘वर्षकै साहसी’ अवार्डको बाजी यसपटक नेपाली चेली मीरा राईले मारेकी छिन् ।

असाधारण १० सहासी महिलासँगै मनोनित भएकी राइले सर्वाधिक भोट प्राप्त गरी उक्त उपाधि (एड्भेन्चर अफ द इयर) आफ्नो पोल्टामा पार्न सफल भएकी हुन् ।

भोजपुरमा जन्मिएकी उनले एक महिलाका लागि नेपाली समाजले तोक्ने मूल्य मान्यताभन्दा फरक गर्ने सोचिन् । यहि सोचाइले आज उनलाई अन्तर्राष्ट्रिय उपाधि प्राप्त गर्न सहयोग गरेको उनले बताइन् ।

१४ वर्षको उमेरमा माओवादीमा प्रवेश गरेकी उनी शान्ति प्रक्रिया पछि भएको सेना समायोजनमा अयोग्य ठहरिएकी थिइन् ।

अरुलाई सशक्त बनाउने आफ्नो अभियान भर्खरै सुरु भएको मीरा बताउँछिन् । ‘प्रतिस्पर्धी खेलाडीका लागि नेपालमा अथाह क्षमता छ यसका लागि काठमाडौंमा अल्ट्रा म्याराथन रेसको आयोजना हुन लागेको छ,’ मीराले बताइन् ।

‘मैले आफूले सोचेको जस्तो गर्न सकें किनभने सबैले मलाई विश्वास गर्नुभयो र साथ दिनुभयो। त्यसकारण म यी सबै कुरा नया आउने पीढिका लागि हस्तान्तरण गर्न चाहन्छु जसरी मैले अरुबाट पाएँ ।’ राइले भनिन् । नेपालमा हाम्रो निकै चर्चित भनाई छ, ‘खान पुगोस् दिन पुगोस् ।’

कांग्रेस नेता महत सहभागी कार्यक्रममा झडपः ४७ राउन्ड गोली प्रहार, एक प्रहरीसहित सात घाइतेकाठमाडौं, १३ माघ । नुवाकोटको खान...
26/01/2017

कांग्रेस नेता महत सहभागी कार्यक्रममा झडपः ४७ राउन्ड गोली प्रहार, एक प्रहरीसहित सात घाइते

काठमाडौं, १३ माघ । नुवाकोटको खानीगाउँ गाविसको ढिकुरेमा जागरणसभा लिएर गएका डा. रामशरण महतको कार्यक्रम स्थानीयले बिथोल्न खोजेपछि झडप भएको छ ।

पुनर्संरचनाको विरोधमा ११ दिनदेखि आन्दोलनरत स्थानीयले सभा बिथोल्ने प्रयास गरेका थिए । झडप नियन्त्रणका लागि प्रहरीले ४७ राउन्ड रबरका गोली र २३ राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।

झडपमा एक सशस्त्रसहित सातजना घाइते भएका छन् । डा. महत सहभागी जागरणसभा बिथोल्न आएकालाई नियन्त्रणमा लिन ४७ राउन्ड रबरका गोली र २३ राउन्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले बताए । प्रहरीले पहिला लाठीचार्ज गरेको थियो । तर, भीड नियन्त्रण नभएपछि गोली चलाएको उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

तीनजनालाई रबरको गोली लागेको छ । लाठी प्रहारबाट अरू तीनजना घाइते छन् । सशस्त्र प्रहरीका एकजना पनि घाइते भएको प्रहरीले जनाएको छ । रबरको गोलीबाट सूर्यमति–२ का सुजन न्यौपाने, लक्ष्मण गुणी र सूर्यमति–१ का कान्छा भण्डारी घाइते छन् । यस्तै प्रहरीको लाठीचार्जबाट थानसिंह–७ कानवराज रोका, सूर्यमति–१ का कृष्ण गजुरेल र सूर्यमति–२ का विकास मगर घाइते छन् ।

ट्रम्पको अर्को कार्यकारी आदेशः गैरकानुनी विदेशीलार्इ देश निकाला गरिनेअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशीलाई गैरका...
26/01/2017

ट्रम्पको अर्को कार्यकारी आदेशः गैरकानुनी विदेशीलार्इ देश निकाला गरिने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशीलाई गैरकानुनी रूपमा प्रवेश रोक्न अमेरिका मेक्सिको सीमामा पर्खाल लगाउने र कागजात नभई बसोबास गर्नेलाई फिर्ता पठाउने (डिर्पोटेशन) दुई कार्यकारी निर्देशन हस्ताक्षर गरेका छन् ।

केही शहरहरु (सेन्जुरी सिटी) ले गैरकानुनी रूपमा बसोबास गर्नेप्रति उदारता देखाउँदै समाउने र छाड्ने गर्ने नीतिलाई पनि यो कार्यकारी निर्देशनमार्फत समाप्त गरिएको छ ।

निर्वाचनका बेला ट्रम्पले गैरकानुनी रूपमा अमेरिका प्रवेश रोक्न मेक्सिको सीमामा पर्खाल लगाउने र कागजात विना बसोबास गर्दै आएका विदेशलाई डिर्पोटेशन गर्ने मुद्दालार्इ प्राथमिकता दिएका थिए । सुरूका १०० दिनमै यी काम गरिसक्ने उनको वाचा थियो ।

अमेरिकामा करिब १ करोड १० लाख कागजात विहिन बसोबास गर्दै आएको तथ्याङ्क छ । यसमा केही हजार नेपाली पनि पर्छन ।

इमिग्रेशन मामिला हेर्ने मुख्य निकाय होम ल्याण्ड सेक्युरिटीजको भ्रमणका अवसरमा डोनाल्डले यो कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका हुन् । अमेरिकालाई सुरक्षित बनाउन यो कदम चालिएको राष्ट्रपतिको दाबी छ । होमल्याण्ड सेक्युरिटीजलाई बढी जनशक्ति र साधनस्रोत सम्पन्न बनाई गैरकानुनी रूपमा बस्ने विदेशीमाथि कडाई गरिने छ ।

अमेरिका मेक्सिको सीमामा महिना भित्रै पर्खाल लगाउन पनि सुरु गरिने भएको छ । यसमा लाग्ने खर्चका बारेमा पनि मक्सिकोसँग मागिने तर, तत्काल केन्द्रीय कोष (फेडरल फण्ड)वाट पर्खाल निमार्ण सुरु गरिने जनाईएको छ । निर्देशनमा सीमा क्षेत्रमा हिरासतमा राख्ने जेल निर्माण गर्ने र डिर्पोटेशन बढाउने तथा समात्ने र छाड्ने कार्यलाई रोकिने उल्लेख भएको ट्रम्पले बताएका छन् । ‘यसका लागि कुनै नयाँ कानुन चाहिंदैन’ ट्रम्पले भने ।

पक्राउ र डिर्पोटेसन बढ्ने

यी कार्यकारी निर्देशनमा हस्ताक्षर गरेपछि ट्रम्पले हज्जारौं हजारको जीवन र अरर्बौ डलर सुरक्षित हुने दावी गरेका छन् । ‘गैरकानुनी रूपमा बस्ने र अपराधमा सहभागी हुनेलार्इ पहिलेदेखि नै डिर्पोटेशन हुँदै आएको छ यो कुनै नयाँ होइन’ इमिग्रेशन कानुन विज्ञ विनोद रोक्काले भने- ‘अहिले नयाँ राष्ट्रपतिको यो कार्यकारी निर्देशनले थप कडाई हुने देखिन्छ ।’

कानुनी कागजात नभई गैरकानुनी रूपमा वस्नेलाई सतर्क रहन र इमिग्रेसन कानुन विज्ञसँग परामर्श गर्न म सुझाव दिन्छु उनले भने । सुरुमा कागजातविहीन गैरकानुनी रूपमा बसोबास गर्ने र अपराधमा संलग्नलाई कडा गर्दै प्रकाउ गर्ने र डिर्पोटेशन हुने सम्भावना बढी रहेको संचारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकामा कानुनी रूपमा बस्ने कागजात छैन भने अपराध नगरेको भए पनि हुलमुलमा पक्राउ परियो भने डिर्पोटेशनमा पर्न सकिने रोक्काले बताए । ‘सकेसम्म कानुनी रूपमा बसोबास गर्नेतर्फ जानु नै उपयुक्त हुन्छ’ रोक्काले भने । यस अघिका राष्ट्रपति बाराक ओबामाको कार्यकालमा पनि गैरकानुनी अप्रावासीलाई वार्षिक औषत ४ लाखका दरले डिर्पोटेशन गरिएको थियो । यसमा केही नेपाली पनि परेका थिए ।

राष्ट्रपति ट्रम्पका कार्यकारी निर्देशनमा सिरियाका शरणार्थीलाई प्रवेश नदिने उल्लेख छ । विश्वका अन्य देशबाट शरणार्थी ल्याउने कार्यक्रमलाई पनि हाललाई रोकेका छन् । प्रकृयाहरुका बारेमा विस्तृत मूल्याङ्कन गर्न १ सय २० दिनका लागि शरणार्थी कार्यक्रम रोकिएको जनाईको छ । तर, यो वर्ष पहिले भन्दा कम शरणार्थीलाई मात्र अमेरिकामा स्थायी बसोबास गर्न दिइने छ ।

यस सम्बन्धी विस्तृत विवरण बिहीबार सार्वजनिक हुने न्युयोर्क टाइम्सले जनाएको छ । यसमा इराक, सिरिया, इरान, सुडान, लिविया, सोमालिया र यमनका नागरिकलाई अमेरिका प्रवेश रोक लगाउने व्यवस्था हुन सक्ने टाइम्सले उल्लेख गरेको छ ।
-अनलाइनखबर

26/01/2017

पूर्वराजा वीरेन्द्रको दश कट्ठा जग्गा जलेश्वरमा फेला पर्‍यो

काठमाडौं, १३ माघ । पूर्वराजा वीरेन्द्र शाहको परिवारको १० कट्ठा जग्गा फेला परेको छ । पूर्वराजा वीरेन्द्र र उनका परिवारजनको नाममा रहेको सम्पत्ति हेर्ने नेपाल ट्रस्टले खोजबिन गर्दा महोत्तरीको जलेश्वरमा उक्त जग्गा फेला पारेको हो ।

ट्रस्टका सहसचिव लेखबहादुर कार्कीले पूर्वराजपरिवारको नाममा रहेको उक्त जग्गा कात्तिकमा फेला पारिएको भए पनि ट्रस्टको सञ्चालक समितिको बैठक बस्न नसक्दा ट्रस्टको नाममा ल्याउन नसकिएको बताए । उनले भने, “चाँडै नै सञ्चालक समितिको बैठक बसेर मन्त्रिपरिषदमा पठाउँछौँ । मन्त्रिपरिषद्ले पारित गरेपछि उक्त जग्गा ट्रस्टको नाममा आउँछ ।” उनले अरू स्थानमा रहेको जग्गाको पनि खोजी भइरहेको जानकारी दिए ।

ट्रस्टले पूर्वराजा र उनका परिवारजनको नाममा रहेको जग्गामध्ये हालसम्म २३ हजार रोपनी फेला पारिसकेको छ ।

-रासस

Address

Kathmandu
00977

Opening Hours

Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779866354582

Alerts

Be the first to know and let us send you an email when Solution House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category