ICT Frame

ICT Frame ICTFRAME.COM is Nepal’s thriving tech / economic media startup, experiencing rapid growth in the industry. ICT Frame Nepal”.

As an all-inclusive platform, we are dedicated to satisfying your insatiable appetite for technology. Our team tribute to the Nepal brainpower. Our all dedication is prompt our native land and country love is our inspiration

Prabhu Bank Partners with Medanta – The Medicity to Offer Healthcare DiscountsPrabhu Bank has partnered with Medanta – T...
04/09/2026

Prabhu Bank Partners with Medanta – The Medicity to Offer Healthcare Discounts

Prabhu Bank has partnered with Medanta – The Medicity to provide customers with special discounts on healthcare services, making quality medical care more accessible.

For More: https://ictframe.com/prabhu-bank-medanta-partnership-discount/

NIC ASIA Bank Waives Service Charges for Flood-Impacted Branch CustomersNIC ASIA Bank has announced a waiver of service ...
04/09/2026

NIC ASIA Bank Waives Service Charges for Flood-Impacted Branch Customers

NIC ASIA Bank has announced a waiver of service charges for customers affected by the recent floods, providing financial relief and support during this difficult time.

For More: https://ictframe.com/nic-asia-service-charge-waiver/

बुद्ध एयरको नयाँ एटीआर ७२-६०० जहाजबाट व्यावसायिक उडान सुरु, राजमार्ग सहज नहुँदासम्म सस्तो भाडादर कायमFor More: https://n...
04/09/2026

बुद्ध एयरको नयाँ एटीआर ७२-६०० जहाजबाट व्यावसायिक उडान सुरु, राजमार्ग सहज नहुँदासम्म सस्तो भाडादर कायम

For More: https://np.ictframe.com/buddha-air-new-atr-flights/

भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रहFor More: https://np.ictframe.co...
04/09/2026

भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह

For More: https://np.ictframe.com/bhotekoshi-flood-victims-media-sensitivity/

04/09/2026

कराते टोलीलाई बिदाई गर्दै मन्त्री पोखरेलले भने, ‘नतिजाको दबाब नलिनुस्, उत्कृष्ट प्रदर्शन गर्नुहोस

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीलाई बिदाइ गरेका छन् ।

शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर मन्त्री पोखरेलसहित अन्य पदाधिकारीले कराते टोलीलाई बिदाइ गरेका हुन् ।

बिदाइ कार्यक्रममा मन्त्री पोखरेलले देशको प्रतिनिधित्व गर्दै एसियाली खेलकुदमा सहभागी हुन लागेका खेलाडीलाई शुभकामना दिँदै उत्कृष्ट प्रदर्शनमा ध्यान दिन आग्रह गरे ।

उनले खेलाडीहरूबाट राज्यले ठूलो अपेक्षा राखेको भए पनि प्रतियोगिताको नतिजालाई लिएर अनावश्यक दबाब नलिन आग्रह गरे ।

‘देशको झण्डाको प्रतिनिधित्व गर्दै खेल्न जानुभएको छ । त्यसका लागि सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु,’ उनले भने, ‘अहिले नतिजाको बारेमा नसोच्नुहोस्, आफ्नो तर्फबाट उत्कृष्ट खेल दिनुहोस् र त्यहाँबाट नयाँ अनुभव लिएर फर्कनुहोस् ।’

मन्त्री पोखरेलले खेलाडीले प्रतियोगितामा हासिल गर्ने नतिजाका आधारमा राज्यको सम्मान र दृष्टिकोण परिवर्तन नहुने स्पष्ट पारे । जित हासिल गर्दा मात्र स्वागत गर्ने र पराजित हुँदा बेवास्ता गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाइ थियो ।

खेलाडीहरूले राज्यबाट ठूलो अपेक्षा नगरेको आफूले विभिन्न खेलाडीहरूसँगको अन्तरक्रियाबाट पाएको मन्त्री पोखरेलले बताए । खेलाडीहरूले आफ्नो मेहनतको कदर र राज्यबाट सम्मानको अपेक्षा मात्र गर्ने गरेको उनको भनाइ थियो ।

खेलाडीको सम्मानका लागि सरकारले केही सुधारका काम अघि बढाएको उनले जानकारी दिए । देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीलाई विमानस्थलमा ‘भीआईपी एक्सेस’ उपलब्ध गराउने व्यवस्था त्यसैको एउटा सुरुवात भएको उनले बताए ।

‘देशको प्रतिनिधित्व गर्दै जाने खेलाडीले पनि अन्य विशिष्ट व्यक्तिले जस्तै सम्मान पाउनुपर्छ । अहिलेसम्म खेलाडीहरू सामान्य यात्रुजस्तै लाइनमा बसेर आफ्नै सामान बोकेर जाने अवस्था थियो। त्यसलाई परिवर्तन गर्दै खेलाडीलाई भीआईपी प्रवेशको व्यवस्था गरेका हौँ,’ मन्त्री पोखरेलले भने ।

उनले आगामी दिनमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाइ गर्न आफूहरू विमानस्थलमै पुग्ने प्रयास गर्ने पनि बताए ।

मन्त्री पोखरेलले कराते टोलीलाई देशको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिँदै भने, ‘देशको प्रतिनिधित्व गर्नुस्, आफ्नो उत्कृष्ट प्रदर्शन दिनुस् । नतिजा जे भए पनि तपाईंहरूप्रतिको हाम्रो सम्मान उस्तै रहनेछ । गो, गिभ योर बेस्ट । बेस्ट विशेज टु अल अफ यू ।’

जीवितै उद्धार गरिएकामध्ये महर्जनको अवस्था जटिल, साहको अवस्था सामान्य काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका ...
04/09/2026

जीवितै उद्धार गरिएकामध्ये महर्जनको अवस्था जटिल, साहको अवस्था सामान्य

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जना कर्मचारीको शुक्रबार बिहान जीवितै उद्धार गरिएको छ ।

उद्धार गरिएकामध्ये एक जनाको अवस्था सामान्य र अर्का एक जनाको स्वास्थ्य अवस्था जटिल रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

जटिल अवस्थामा रहेका आयोजनाका मेकानिकल सुपरभाइजर कबीर महर्जनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौं ल्याई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरेर उपचार सुरु गरिएको छ ।

महर्जनलाई दोस्रो पटकमा सुरुङबाट बाहिर निकालिएको थियो । यसअघि सुरुमा उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था भने सामान्य तथा स्थिर रहेको छ ।

अवस्था सामान्य भएपनि स्वास्थ्यमा कुनै जटिलता नआओस् भनेर थप परीक्षण तथा निगरानीका लागि उनलाई पनि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमै ल्याइँदै छ ।

नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा प्राविधिक विज्ञहरूको संयुक्त टोलीले शुक्रबार बिहानै सुरुङभित्र जोखिमपूर्ण अपरेसन चलाएर उनीहरूको उद्धार गरेको हो ।

बाढीपछि आयोजनाको सुरुङभित्र कामदारहरू फसेको आशंका भएलगत्तै सुरक्षाकर्मीको टोलीले लगातार खोज तथा उद्धार कार्य जारी राखेको थियो । सुरुङभित्र अझै अन्य व्यक्तिहरू पनि फसेको हुनसक्ने आशंकामा संयुक्त टोलीले खोजी कार्यलाई निरन्तरता दिइरहेको छ ।

04/09/2026

आलोचनाका बावजुद उद्धार कार्यमा फिल्डमै पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ ।

उद्धार कार्यलाई प्रभावकारी बनाउन र स्थलगत समन्वयका लागि गृहमन्त्री सुधन गुरुङ स्वयं घटनास्थलमै सक्रिय छन् । गृहमन्त्रीको काम व्यवस्थापन र समन्वय गर्नुपर्ने भएपनि उनी बाढी प्रभावित क्षेत्रको मैदानमै उत्रिएर काम गरिरहेका हुन् ।

उद्धार टोलीले शुक्रबार सुरुङभित्रबाट आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबीर महर्जनलाई सकुशल बाहिर निकालेको थियो ।

सुरुङबाट निकालिएका दुवै जनालाई तत्काल आवश्यक स्वास्थ्य परीक्षण तथा थप उपचारका लागि हवाई मार्ग (हेलिकप्टर) मार्फत अस्पताल पठाउने तयारी भइरहेको छ । उद्धार गरिएका व्यक्तिहरुलाई स्ट्रेचरमै राखेर अक्सिजन दिंदै गर्दा गृहमन्त्री अक्सिजन सिलिन्डर बोकेर हिडिरहेको अवस्थामा देखिएका हुन् ।

सुरुङभित्र अझै अन्य व्यक्तिहरू पनि फसिरहेको विवरण प्राप्त भएकाले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्राविधिक टोलीले संयुक्त रूपमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् ।

गृहमन्त्री गुरुङले कार्यक्षेत्रमै रहेर उद्धार टोलीलाई आवश्यक स्रोत–साधन परिचालन र निर्देशन दिँदै खोज कार्यलाई तीव्र बनाउन सहजीकरण गरिरहेका छन् । तर फिल्डमै खटेर स्टन्ट गरेको, सामाजिक संजालमा लोकप्रियता कमाउन खोजेको र व्यवस्थापन एवम समन्वयमा काम नगरेको भनेर गृहमन्त्रीको आलोचना भइरहेको छ ।

एनसेलका सीईओ माइकल फोलेले दिए राजीनामा, विदेशी लगानीको वातावरणप्रति असन्तुष्टिFor More: https://np.ictframe.com/ncell-ce...
04/09/2026

एनसेलका सीईओ माइकल फोलेले दिए राजीनामा, विदेशी लगानीको वातावरणप्रति असन्तुष्टि

For More: https://np.ictframe.com/ncell-ceo-michael-foley-resigns/

बाढीपीडितको मानसिक स्वास्थ्य व्यवस्थापन कसरी गर्ने? अपनाउनुहोस् यी उपायहरूFor More: https://np.ictframe.com/flood-victim...
04/09/2026

बाढीपीडितको मानसिक स्वास्थ्य व्यवस्थापन कसरी गर्ने? अपनाउनुहोस् यी उपायहरू

For More: https://np.ictframe.com/flood-victim-mental-health-care/

Address

New Baneswor
Kathmandu
8170

Alerts

Be the first to know and let us send you an email when ICT Frame posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ICT Frame:

Shortcuts

Share