27/08/2026
रसुवामा आएको विनाशकारी बाढीले पुर्याएको जनधनको क्षतिले हामी अत्यन्तै दुःखी र मर्माहत भएका छौँ। 💔
यस दुःखद घडीमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ। साथै, प्रभावित सबैको शीघ्र उद्धार, राहत र पुनर्स्थापनाको काम प्रभावकारी रूपमा अघि बढोस् भन्ने कामना गर्दछौँ। 🙏
प्रकृतिको यो पीडामा रसुवा एक्लो छैन—हामी सबै रसुवासँगै छौँ। ❤️
#रसुवा #बाढीपीडित #विपद् #नेपाल