26/08/2016
शोकमा डुब्यो रौतहट, एकै गाउँका पाँचको मृत्यु
रोतहट १० भदौ ।
चितवनको चण्डी भाज्यांग गाविस स्थित त्रिशुली नदीमा शुक्रबार बिहान बस दुर्घटना हुँदा रौतहटको एक गाविसका पाँचको मृत्युले रौतहट अहिले शोकमा डुबेको छ ।
रौतहटको मुडवलवा गाविसका पाँच जना युवकको सो बस दुर्घटनामा मृत्यु भएको छ ।
मुडवलवा ३ का चितरञ्जनप्रसाद यादव, उनका काकाका छोरा रवीरञ्जन यादव, मुडवलवा ६ का राजेश यादव, मुडवलवा २ का रामबालक साह, मुडवलवा ८ का मुकेश रामको दुर्घटनामा परी मृत्यु भएको हो ।
नारायणगढ-मुग्लिन सडकखण्डमा शुक्रबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेहरुको संख्या २२ पुगेको छ । मृतकमध्ये बस चालकसहित १७ जनाको सनाखत भएको छ ।