Chitrawan Unique Net P.Ltd.

Chitrawan Unique Net P.Ltd. We Connect You

17/05/2021
28/02/2021
17/02/2021

चितवन... । स्लो इन्टरनेट, आम इन्टरनेट सेवाग्राहीले भोगिरहेको एउटा समस्या हो । तर हामी धेरैजसोले सेवा प्रदायकलाई नै गाली गरिरहेका हुन्छौं । कतिपय अवस्थामा स्लो इन्टरनेट हुनुका पछाडि हाम्रै हात हुन सक्छ । आज हामी घरमै बसेर तपाईंले इन्टरनेटको स्पिडमा समस्यालाई हल गर्न सक्ने टिप्स सिकाउँदै छौं ।

१. डिभाइसलाई चेक गर्नुहोस्
इन्टरनेट स्लो हुनुको पछाडि सधै सेवाप्रदायकको मात्र दोष हुँदैन । यसैले सेवा प्रदायककहाँ पुग्नुअघि कहिलेकाहिँ आफ्नो डिभाइसलाई पनि चेक गर्ने बानी बसाल्नुहोस् ।

के तपाईंका डिभाइसहरु पाँच वर्षभन्दा पुराना छन् ? तपाईंको डिभाइसमा एकैपटक धेरै एप वा ट्याबहरु खुलेका छन् कि ? घरका अन्य डिभाइसमा राम्रै इन्टरनेट चलेको छ, तर निश्चित फाेन/पीसीमा मात्र इन्टरनेट स्लाे भएकाे हाे कि ?

यदि माथि भनिएका सबै कुराहरु सही हुन् भने बुझ्नुहोस् कि तपाईंको ग्याजेट पुरानो भइसकेको छ । वा तपाईं धेरै ब्याण्डविथ खपत गर्ने एपहरु एकैपटक प्रयोग गर्दै हुनुहुन्छ ।

जसमा नेट स्लो हुनुका पछाडि कारण तपाईंको इन्टरनेट सर्भिस नभएर ती एपहरु हुन् । पुराना ग्याजेटहरुमा पर्याप्त शक्ति र मेमोरी हुँदैन । त्यसैले यसले जूम, स्ट्रिमिङ भिडियो, भिडियो गेमको ग्राफिक्स लगायतका माग पुरा गर्न सक्दैन ।

के गर्ने ?

डिभाइसलाई रिस्टार्ट गर्नुहोस् । अधिकांश प्रविधि जानकारले तपाईंलाई दिने सुझाव पनि यही नै हो । चाहे अरु नै इस्यु किन नहोस् । र यसले काम पनि गर्छ । आवश्यक नभएका ट्याब, एप तथा साइटहरु बन्द गरिदिनुहोस् । ग्याजेटलाई एकपटकमा एउटा मात्र काम सुम्पिनुहोस् ।

एउटा डिभाइसबाट भिडियो कल मात्र गर्नुहोस्, अरु नगर्नुहोस् । भिडियो कल गर्दै गुगल डक्समा काम नगर्नुहोस् । यसो गरे पुरानो डिभाइसले पनि शतप्रतिशत काम गर्न सक्छ ।

२. राउटर चेक गर्नुहोस्
समस्या तपाईंको घरभित्रै अर्थात् तपाईंको वाईफाई नेटवर्कमा छ वा आईएसपीबाट आउने इन्टरनेट कनेक्सनमा पत्ता लगाउनुहोस् । समस्या तपाईंको राउटरमा पनि हुनसक्छ ।

वाईफाई इन्टरनेटलाई राउटर प्रयोग गरेर घरभित्रका विभिन्न भागमा राखिएका ग्याजेट, डुअरबेल रिङ, गुगल होम डिभाइस, ल्यापटप र स्मार्ट टिभी सबैमा पुर्‍याइरहनु भएको हुन्छ । तपाईंको आईएसपीबाट आएको इन्टरनेट त्यही राउटरबाट राउट हुने हुँदा स्लो इन्टरनेटको समस्या त्यसमा पनि रहेको हुनसक्छ ।

के गर्ने ?

सबैभन्दा पहिले मोडेमलाई रिबुट गर्नुहोस् र राउटरलाई कम्तिमा एक मिनेटका लागि टर्नअफ गर्नुहोस् । त्यसपछि पुन: अन गर्नुहोस् । ओक्ला जस्ता नि:शुल्क स्पिड टेस्टिङ एपको प्रयोग गर्नुहोस् । राउटर नजिक उभिनुहोस् र रिजल्टको स्क्रिन ग्रयाब लिनुहोस् । अब अर्को कोठामा जानुहोस् र त्यहाँ पनि स्पिड टेस्ट गरेर दुवै नतिजालाई तुलना गर्नुहोस् ।

यदि घरमा सबै भागमा परिणाम एउटै छ भने समस्या तपाईंकै आईएसपीमा भएको हुनुपर्छ । यदि परिणाम असमान छन् भने तपाईं ‘डेड जोन’मा भएको हुनसक्छ ।

रिजल्ट्समा तीन नम्बर हुन्छन्, जसको अर्थ यस्ता छन् ।

१. पिङ (ल्याटेन्सी) ले तपाईंको कनेक्सनको रियाक्सन टाइमलाई परीक्षण गर्दछ । वा तपाईंले कतिको चाँडाे रेस्पोन्स पाउनुभयो भन्ने कुरा चेक गर्दछ । न्युन नम्बर राम्रो हुन्छ । टाइमिङ महत्वपूर्ण हुन एप्लिकेसनहरु जस्तै भिडियो गेमहरुमा २० भन्दा मुनी एकदमै राम्रो हुन्छ ।

२. डाउनलोड स्पिडले इमेज, कन्टेन्ट र भिडियो सामग्रीहरु सर्भरबाट कतिको चाँडाे तपाईंको स्क्रिनसमक्ष आइपुग्छ भनेर मापन गर्दछ । एफसीसीको अनुसार २५ एमबीपीएसभन्दा माथिको नम्बरलाई राम्रो मानिन्छ ।

३. अपलोड स्पिडले तपाईंले इनपूट दिइरहनु भएको सामग्री तपाईंले एक्सेस गरेको सर्भरमा कतिको चाँडाे पुगिरहेको छ भनेर मापन गर्दछ । एफसीसीले यसका लागि तीन एमबीपीएस भन्दा माथिलाई फास्ट मानेको छ ।

३. राउटरलाई अद्यवाधिक गर्नुहोस् र मोडेमलाई व्यवस्थापन गर्नुहोस्
अधिकांश मानिसहरुको समस्या वाईफाई नेटवर्कसँग हुने गर्छ । यदि तपाई पुरानो घरमा बस्नुहुन्छ भने घरको प्लास्टरभित्र वायरमा समस्या भएको हुनसक्छ जसले सिग्नललाई प्रभावित पार्दछ ।

के गर्ने ?

यदि तपाईंलाई बलियो सिग्नल चाहिएको छ भने ल्यापटपमा सिध्धै इथरनेट केबल जोड्नुहोस् । स्पष्ट भिडियो कलका लागि यो प्रयोग गरेको उचित हुन्छ ।

यसबाहेक तपाईं अरु काम पनि गर्नसक्नुहुन्छ । आफ्नो राउटरलाई घरको केन्द्र भागमा राख्नुहोस् । त्यसको सिग्नललाई अवरोध पुर्याउने तत्वहरुलाई हटाइदिनुहोस् ।

अर्को कुरा भनेको घरमा भएका डिभाइस तथा व्यक्तिहरुलाई पुग्ने आफूसँग पर्याप्त ब्याण्डविथ, इन्टरनेट छ की छैन थाहा पाइराख्नुहोस् । यसका लागि अनलाइन ब्याण्डविथ क्याल्कुलेटरले राम्रो काम गर्दछ ।

यदि एउटै इन्टरनेट प्लान प्रयोग गरेको चार वर्षभन्दा धेरै भइसकेको छ भने आफ्नो आइएसपीसँग सम्पर्क गर्नुहोस् र केही अपग्रेड भएको छ की हेर्नुहोस् ।

त्यसो त तपाईंले सेवाप्रदायकले बाचा गरेको जति स्पिड कहिल्यै पनि पाउन सक्नुहुन्न । तर तपाईंको प्लानको नजिकको रेन्जमा भने पाउनुहुन्छ ।

यदि आफूले लिएको प्लान पर्याप्त लागेन भने आइएसपीसँग सम्पर्क गरेर त्यसलाई बढाउनुहोस् ।

यदि तपाईं नयाँ राउटरलाई अपग्रेड गर्ने सोचमा हुनुहुन्छ भने त्यो पनि राम्रो कुरा हो । तर अब तपाईंले मेस सिस्टममा लगानी गर्नु पर्ने समय आएको छ । परम्परागत राउटरभन्दा फरक यसले ग्यापहरुलाई मेट्ने काम गर्दछ ।

४. ब्रोडब्याण्ड छैन ? चिन्ता नलिनुहोस्
तपाईंले अधिकांश समय अपनाउनु पर्ने उपाय भनेका माथिका तीन वटा हुन् । यदि तपाईंको भौगोलिक अवस्था जटिल छ, जसले तपाईंको ब्रोडब्याण्ड स्पिडलाई असर गरिरहेको छ भने स्मार्टफोनलाई कम्प्युटरमा जोडेर प्रयग गर्नुहोस् ।

आईफोनको सेटिङमा गएर पर्सनल हट्सपट खोल्नुहोस् । एन्ड्रोइड हो भने सेटिङ, कनेक्सन, मोबाइल हट्सपट हुँदै टेथरिङमा जानुहोस् ।

हट्सपट सेटअप गर्न अनस्क्रिन डाइरेक्सनलाई पालना गर्नुहोस् । यदि यसले काम गरेन भने आफ्नो सेवा प्रदायकलाई कल गर्नुहोस् । तपाईंलाई राम्रो फोन वा राम्रो प्लानको आवश्यकता पर्दछ.....

10/02/2021

***दिउँसो राम्रै चल्ने इन्टरनेट बेलुका चाहिँ किन स्लो हुन्छ ?

इन्टरनेटका डाक्टरहरूकाे उतर***
धेरै प्रयोगकर्ताहरुले इन्टरनेट स्लो भएको गुनासो गरिरहनु भएको हुन्छ । स्पिड टेस्ट गर्दा पर्याप्त स्पिड देखिएन अथवा भनौं इन्टरनेट सेवाप्रदायकले भने जति ब्याण्डविथ आएन ।

यदि इन्टरनेट स्लो भइरहेको छ भने तपाईंले दुई ओटा कुराहरु हेर्नुपर्ने हुन्छ । पहिलो कुरा तपाईंले इन्टरनेटको स्पिड टेस्ट गरिरहँदा त्यही राउटरमा कतिवटा डिभाइसहरु कनेक्टेड छन् भन्ने कुरा हेर्न आवश्यक छ ।

अर्को भनेको चाहिँ वाईफाईको गुणस्तर हो । साधारणतयाः ल्यापटप वा मोबाइलमा वाईफाई कनेक्ट गर्दाखेरी त्यहाँ वाईफाईको संकेत देखाइरहेको हुन्छ ।

त्यहाँ रहेको चार वटा बारहरुमा सबै बारहरु राम्रोसँग देखिएको छ भने त्यो फुल सिग्नल भयो । तीन वटा छ भने कम भयो र दुई वटा छ भने त्यसभन्दा पनि कम भयो र एउटा मात्र छ भने त्यो निकै कमजोर भयो ।

यदि इन्टरनेट स्पिड भनेजति छैन र स्पिड टेस्ट गर्दा धेरै डिभाइसहरु कनेक्टेड छन् भने आफूले लिएको इन्टरनेट ब्याण्डविथ कत्तिको खपत भइरहेको छ भन्ने कुरा हेर्नुपर्ने हुन्छ । त्यसमा यदि पुगेको छैन भने प्याकेज अपग्रेड गर्नुपर्‍यो ।

तर यदि ब्याण्डविथ पनि पर्याप्त छ र कनेक्टेड डिभाइस पनि धेरै छन् भने चाहिँ त्यस्तो बेला राउटर नै अपग्रेड गर्नुपर्ने हुनसक्छ । धेरै डिभाइसहरु एउटै राउटरमा कनेक्ट हुँदा त्यसको पर्फर्मेन्समा समस्या देखिएको हुनसक्छ ।

त्यस्तोमा २.४ गिगाहर्ज राउटरलाई ५ गिगाहर्ज राउटरमा अपग्रेड गर्नुपर्ने हुन्छ । अर्को कुरा वाईफाईको सिग्नल तलमाथि भइरहेको छ वा राम्रोसँग आइरहेको छैन भने त्यो चाहिँ अत्यधिक इन्टरफ्रेन्स (फ्रिक्वेन्सी अवरोध) ले भएको हुनसक्छ । यसको समाधान पनि ५ गिगाहर्ज राउटर नै हो ।

तर यदि तपाईंसँग ५ गिगाहर्ज सपोर्ट छैन भने एउटै राउटरबाट धेरै कभरेज दिन खोज्नुभन्दा दुई राउटर टाढा राखेर पनि त्यस्तो समस्या केही हदसम्म कम गर्न सकिन्छ ।

सामन्यतया इन्टरनेटको पिक आवर बिहान र बेलुकाको समय हो । बाहानको करिब ७ बजेदेखि ९ बजेसम्मको अवधि र बेलुका ७ बजेदेखि ११ बजेसम्मको समयलाई इन्टरनेटमा पिक आवर मानिन्छ ।

इन्टरनेटको पिक आवर भनेको साधारणतया विद्युतको पिक आवर जत्तिकै हो । अर्को अर्थमा पिक आवर त्यो हो, जतिखेर इन्टरनेटको प्रयोग अत्यधिक हुन्छ ।

कुनै पनि इन्टरनेट सेवाप्रदायकले आफ्नो नेटवर्कको क्षमता यही पिक आवरको मागलाई धान्ने गरी डिजाइन गरेको हुन्छ । तर नेटवर्कमा कुनै समस्या आएको छ वा सेवाप्रदायकको आफ्नै साइडमा पनि ब्याण्डविथ पुगेको छैन भने प्रयोगकर्ताले इन्टरनेट स्लो भएको अनुभव गर्छन् ।

सामान्यतयाः पिक आवरमा इन्टरनेट स्लो हुनुको बढी जसो कारण चाहिँ प्रयोगकर्ताको साइडमा नै हुने गरेको देखिन्छ । दिउँसोको समयमा घरमा भएको राउटरमा कनेक्ट हुने डिभाइसको संख्या कम हुन्छ र इन्टरनेटको प्रयोग पनि कम भइरहेको हुन्छ ।

प्रयोगकर्ताको आफ्नो घरको राउटर मात्र नभएर छर छिमेकमा भएका राउटरमा कनेक्ट हुने डिभाइस पिन कम हुने र इन्टरनेटको प्रयोग पनि थोरै भइरहेको हुन्छ । तर पिक आवरको समयमा भने सबै घरको राउटरमा धेरै डिभाइसहरु कनेक्ट हुन पुग्छन् ।

यसले गर्दा हामीले प्रयोग गर्ने २.४ गिगाहर्जको वाईफाई राउटरमा न्वाइज (उपकरणहरुको भिडभाडबाट सिर्जना हुने फ्रिक्वेन्सी अवरोध) सिर्जना हुन पुग्छ । जति धेरै न्वाइज भयो, इन्टरनेटको गुणस्तर पनि त्यति नै धेरै कमजोर हुँदै जान्छ ।

साधारण उदाहरणको रुपमा भन्नुपर्दा एउटा हलमा जति धेरै मान्छे जम्मा भएर होहल्ला गर्छौं, त्यति नै एक अर्काको आवाज सुन्न मुस्किल हुन्छ । हो ठीक त्यसैगरी २.४ गिगाहर्ज राउटरमा खासगरी पिक आवरमा धेरै डिभाइस कनेक्ट हुने भएकाले न्वाइज पैदा गराउँछ ।

जसले गर्दा उक्त समयमा इन्टरनेटको गुणस्तर खस्किन पुग्छ । यसको समाधान भनेको चाहिँ सिंगल ब्याण्ड राउटरलाई डुअल ब्याण्ड राउटरमा लैजानु नै हो ।

किनभने सिंगल ब्याण्ड राउटरमा वाईफाईका लागि च्यानलहरु कम हुने भएकाल अवरोध बढी हुने गर्दछ । तर ५ गिगाहर्ज राउटरमा च्यानलहरु बढी हुने भएकाले फ्रिक्वेन्सी अवरोध हुने संभावना कम हुन्छ ।

यदि पिक आवरमा तपाईंको इन्टरनेट स्लो हुने समस्या छ र तपाईंको डिभाइसले सपोर्ट गर्छ भने ५ गिगाहर्जको राउटर राखेर यस किसिमको समस्याबाट पार पाउन सक्नुहुन्छ ।

30/08/2020

अब धरमै बसि युनिक टीभीको अनलाइन बाटै आफ्नो मासिक सुल्क तिर्न सकनु हुन्छ....😀😊👌

Address

Ra. Na. Pa. 1
Tandi

Telephone

056561001

Alerts

Be the first to know and let us send you an email when Chitrawan Unique Net P.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share